दाङ १ जेष्ठ । घोराही उप–महानगरपालिकाको नियमीत सरसफाई कार्यक्रम अन्तरगत वडा नम्बर १० मा आज सरसफाई गरिएको छ । साविका त्रिपुर नगरपालिका र हाल उपमहानगरपालिकाको संयुक्त वडा कार्यालयको आयोजनामा हरेक महिनाको १ गते हुने सरसफाई कार्यक्रम अन्तरगत आज सोमवार नारायणपुर बजारको सरसफाई गरिएको हो ।

18425362_1355425134548808_8860460481034574076_nनगरपालिका चोकबाट सुरु भएको सरसफाईमा बजारको मुख्य चोकसम्म सरसफाई गरिएको थियो । त्यस क्रममा वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, म्यादि प्रहरी, महिला, युवा, व्यवसायी, पत्रकारहरुको सहभागीता रहेको थियो । सरसफाईको नेतृत्व सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले गरेको थियो ।

18446689_1355425314548790_7586149686713471811_nसरसफाईका क्रममा स्वास्थ्य चौकी नारायणपुरको गेट मै फोहोरको थुप्रो भेटियो । स्वास्थ्य चौकीको गेटको दुबैतिर फोहोरको थुप्रो भेटिएपछि एकछिन सबैले गुनासो गरे । जुन फोहोर नेपाल प्रहरी र महिलाहरुले सरसफाई गरेका छन् । ‘स्वास्थ्य चौकीको अगाडी त यस्तो फोहोर छ अनि सर्वसाधारणहरुले सरसफाईको महत्व कसरी बुझ्छन्’ सरसफाईमा सहभागी लक्ष्मी लम्सालले भनीन्– ‘अरुलाई फोहोर नगर्नुस् भनेर सिकाउने ठाँउमा आफै फोहोर गरेपनि हामीले के सिक्ने ।’ प्लाष्टिकजन्य बस्तु जलाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएपनि स्वास्थ्य चौकीको छेउमै प्लाष्टिकजन्य फोहोर जलाउनु स्वास्थ्य चौकीको लापरवाही भएको सहभागीहरुको गुनासो थियो ।

ठुलो मात्रामा फोहोर भेटिएपनि सरसफाईमा सहभागीहरुले उपमहानगरपालिकले यसमा स्वास्थ्य चौकीलाई खबरदारी गर्न अनुरोध गरेका थिए । साथै उनीहरुलेल यस क्षेत्रमा भएका निरन्तर सरसफाई कार्यक्रममा स्वास्थ्य चौकीको सहभागीता नरहेको पनि बताएका थिए । उपमहानगरपालिकाका संयुक्त वडा कार्यालयका कार्यक्रम अधिकृत विपना बर्तौलाले स्वास्थ्य चौकीलाई सरसफाईको विषयमा जसग गराउदै पत्राचार गर्ने बताउनुभयो ।