कालिकोट, १ जेठ । गएराति कालिकोटमा प्रहरीसँगको झडपमा परि घाइते भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकता धनरुप बटालाको मृत्यु भएको छ ।

निर्वाचन टोलीलाई ढुंगामुढा गरी मतपेटिका खोस्ने क्रममा आइतबार प्रहरीसँग झडप भएको थियो । उक्त झडपमा प्रहरीले चलाएको गोली लागि बटाला घाइते भएका थिए ।

प्रहरीले रोक्न खोज्दा खोज्दै विप्लवका कार्यकर्ताले मतपेटिका खोसेर जलाइदिएका थिए । प्रहरीले रोक्न गोली चलाउँदा चार स्थानीय र दुई प्रहरी घाइते भएका थिए ।