काठमाडौं, १ जेठ । नेकपा माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा कतै विजयी भएको छ भने कतै अग्रता कायम राखेको छ । रुकुमका केही स्थानमा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।
रुकुमको वाँफिकोट गाउँपालिका–१ र सानीभोरी गाउँपालिकाको १ र २ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वाँफिकोट गाउँपालिका १ मा माओवादी केन्द्रका हरकु मल्ल विजयी भएका छन् भने सानीभोरी गाउँपालिका १ मा माओवादी केन्द्रकै टेकबहादुर पुन र २ मा धर्म पुन विजयी भएका छन् ।
त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको खवर प्राप्त भएको छ । अध्यक्षका उम्मेदवार मओबादी केन्द्रका नवराज कार्कीको प्यानल २ सय ७४ मत प्राप्त गर्दै विजय भएका हुन । कांग्रेसका भुपेन्द्रबहादुर चन्दले २३६, एमालेका तर्फबाट यज्ञप्रसाद ढकालले २०५ मत ल्याएको बताइएको छ ।
त्यस्तै जाजरकोटमा माओवादीको प्यानल नै विजयी भएको छ । शिवालय गाउँपालिकाको वडा नंं. १ मा माओवादी केन्द्रका उम्मेद्वार मानवहादुर पुनको प्यानल विजयी भएको हो । निर्वाचन कार्यालयका अनुसार वडा अध्यक्षका उम्मेद्वर पुनले २६९ मत प्राप्त गरेका छन् ।
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)
१५. रास्कोट नगरपालिका (कालिकोट)
१६. कालिका गाउँपालिका (रसुवा)
१७. ताराखोला गाउँपालिका (बाग्लुङ)
१८. आँबु खैरहनी गाउँपालिका ( गोरखा)
१९. गण्डकी गाउँपालिका (गोरखा)
२०. जिरी नगरपालिका (दोलखा)
२१. भिमफेदी नगरपालिका (मकवानपुर)
२२. खैरहनी नगरपालिका (चितवन)
२३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक)
२४ बागचौर नगरपालिका (सल्यान)
२५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग)
२६. गण्डकी गाउँपालिका (गोरखा)
२७. पाचखाल नगरपालिका (काभ्रे)
२८. पञ्चकन्या गाउँपालिका (नुवाकोट)
२९.त्रिवेणी नलगाड (जाजरकोट)