तुलसीपुर, ३१ बैशाख । नेपाली काग्रेस भातृसंगठन नेपाल दलित संघ क्षेत्र नं. ५ को आयोजनामा आईतवार पश्चिम दाङको दंगिशरण गाउपालिका वडा नं. ६ श्रीगाउँमा स्थानिय तहको निर्वाचनमा दलित सहभागिता विषयक अन्र्तक्रिया कार्यक्रम भएको छ । संघका क्षेत्रिय अध्यक्ष धुव्र विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र विश्वकर्माले दलित समुदायहरु स्थानिय तहको निर्बाचनमा सक्रिय भएर लाग्नु पर्ने बताए ।
दलित समुदायहरुको हरेक मुद्धालाई उठाउनका लागी दलितहरुको प्रतिनिधित्व हुन जरुरी रहेको उहाले बताए । सो अवसरमा घनश्याम सेरपाईली, ईश्वरी सुनार,रामलाल चनारा,निम बहादुर नेपाली, सोमराज विक,प्रेम विक,बुद्धिराम विक,हुमकान्त परियार,पाण्डपी नेपाली, मान बहादुर परियार,ईश्वरी विश्वकर्मा लगाएतले स्थानिय पिनर्वाचनमा दलित सहभागिताको विषयमा प्रष्ट पारेका थिए । प्रेमलाल नेपालीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरि विकले गरेका थिए। ।