काठमाडौं, ३१ वैशाख । नेपालमा करिब बीस बर्षपछि जनताले आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लागि आज आइतबार मतदान गर्दैछन् ।

nirbachanविभिन्न समयमा भएका राजनीतिक प्रणाली परिवर्तनका लागि आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा आज स्थानीय तहको चुनाव हुन लागेको हो ।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म पहिलो पटक स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

यसका लागि ६ हजार ६ सय ४२ मतदान स्थल तथा केन्द्रमा आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको आयोगले जानकारी दिएकोछ ।

यसैबीच आज हुने निर्वाचनमा निर्धक्क भएर आफ्नो मतदानकेन्द्रमा गइ भोट हाल्न सरकारले सम्पूर्ण मतदाताहरुमा अपिल गरेको छ । –