रेखा मगर
दाङ, २२ जेठ
नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लवले आज सहिद स्मृति आवाशिय उच्च मावि बनकटटी दाङका विद्यार्थीहरुसंग भेटघाट गर्नुभएको छ । हिजो दाङ आउनुभएका चन्दले आज विहान विद्यालय पुगी विद्यार्थीहरुसंग भेटघाट तथा छलफल गर्नुभएको हो ।1-1

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षता तथा नेकपा माओबादीका महासचिब चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा वोल्दै विप्लवले सहिदको वलिदानले मुलुक यहाँसम्म आइपुगेको चर्चा गर्दै सहिदका सन्तानले आफ्ना वुवाआमाको सपना भुल्न नहुने वताउनुभयो ।

प्रचण्ड र वावुरामले आफुहरुलाइ लड्न पठाएर अहिले पन्छिन खोजेको उहाँको भनाइ छ । सहिदले देखाएको वाटो कहिल्यै नभुल्ने र निरन्तर क्रान्तिको वाटोमा लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले अभिभावक गुमाएका आफुहरुलाइ पढ्न लेख्न र भविष्य निर्माण गर्न थुपै चुनौति रहेको गुनासा राखेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले जानकारी दिनुभयो ।2

विद्यालयमा खाजा, पुस्तक र वस्नको लागी समसया रहेकोवारे जानकारी गराएका छन ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक माधव महराले गर्नुभएको थियो । कार्यक्रममा विप्लव माओवादी निकट युवा संगठन, विद्यार्थी संगठनका जिल्लासतरीय नेताहरुको सहभागिता रहको थियो ।।