काठमााडौं, २७ वैशाख । विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोली बुधबार दिउँसो नागढुङ्गाबाट विभिन्न आठ देशको मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

dollor-625x405प्रहरीले तीन लाख ४९ अमेरिकन डलर, ६८ हजार युरो, १७ हजार ७ सय चाइनिज युयान, ३१ लाख जापनी येन, स्विस फ्रांन्क २२ सय, अष्ट्रेलियन डलर १४ सय, पाउण्ड स्टर्लिङ ११ सय र नेपाली २४ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

यो रकम नेपाली रुपैयाँ चार करोड ७५ लाख बराबर हो । उनीहरु पर्यटन गाडीमा चढेर केरुङ नाका हुँदै चीन जान लागेका वेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । २५ जना सवार गाडीमा अन्य १९ जना भने दोषी नदेखिएकाले दूतावासको जिम्मा लगाएको महानरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।