घोराही, २३ बैशाख । घोराही उपमहानगरपालिका—१३ मंलेरीमा परिवार नियोजनका साधनका बारेमा जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ । राप्ती शिक्षा क्याम्पस स्नातक तह तेस्रो बर्षमा अध्ययनरत सी समुहमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

feature0विद्यार्थी मञ्जु खत्रीको अध्यक्षता तथा मंलेरी टोल विकास सस्थाका जेष्ठ नागरिक ज्ञानप्रसाद पोखरेलको प्रमुख आतिथ्यता एवं राप्ती शिक्षा क्याम्पसका शिक्षक तथा स्वाथ्य चौकी हलवारका स्वास्थ्यकर्मी विमल केसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा परिवार नियोजन साधनका बारेमा जानकारी, प्रयोग, फाइदा, आवश्यकता र महत्वका बारेमा जानकारी गराइएको थियो । त्यस अवसरमा ईम्ल्पान्टका बारेमा सरस्वती घर्ती मगरले, पिल्सका बारेमा पुजा रोका मगरले, कण्डमका बारेमा गोपाल नेपाली, कपर्टीका बारेमा दिलमाया जिसी र संगीनी सुइका बारेमा प्रेमकुमारी घर्ती मगरले प्रशिक्षण दिएका थिए ।