इन्द्रेणी समाचारदाता
घोराही, २२ बैशाख । स्थानीय शान्ति समिति दाङको आयोजनामा साविक लक्ष्मीपुर गाविसको सभाहलमा ‘नेपालको संविधान २०७२ मा स्थानीय तहको अधिकार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।
२ नम्बर क्षेत्रका सबै गाविस सचिवहरुको सहभागीतामा भएको कार्यक्रमको अध्यक्षता साविक लक्ष्मीपुर गाविसस्तरीय शान्ति समितिका संयोजक दामोदर शर्माले गरेका थिए ।
स्थानीय शान्ति समितिका पूर्व संयाजक नरेशजंग रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले चासोका विच जिज्ञासा राखेका थिए ।
डोबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको विषय प्रवेश नवराज श्रेष्ठले गराएका थिए ।
कार्यक्रममा प्रशिक्षण वरिष्ठ अधिवक्ता घनश्याम थापाले दिनुभएको थियो । शान्ति समिति रामपुरका संयोजक मेघबहादुर खड्का, सिसहनियाका सदस्य शान्तलाल शर्मा बोलेका थिए भने कार्यक्रमको सहजीकरण नवराज श्रेष्ठले गरेका थिए ।