घोराही, २१ बैशाख । नेकपा माओवादी  केन्द्र घोराही १८ ले दिपज्योति टोल मसिनामा विहिवार सेल समिति गठन गरेको छ । वडाअध्यक्ष मधुसुदन अर्यालको आतिथ्यमा भएको भेलाले ऋिषिराम कुँवरलाई सेल सेक्रेटरीमाचयन गरेको छ ।

सदस्यहरुमा राजु खनाल, रविन कुवर, ऋषि विश्वकर्मा, अमृत पौडेल, कृष्ण कुवर र शिवराज कुवर रहनुभएको छ । त्यस अबसरमा चुनावमा कसरी जित हासिल गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिईएको सचिव सुरश बुढाले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टिका घोराही उपमहानगर पालिका समितिका सदस्य एवं वडा अध्यक्षका उम्मेद्धार सत बहादुर रोका, उपमहानगर समिति सदस्य झग बहादुर बुढा लगाएतको उपस्थिति रहेको थियो ।