तुलसीपुर, २१ वैशाख । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आफ्ना प्रशासनिक कामहरु अनलाइन प्रणालीबाटै गर्न शुरु गरेको छ ।
समितिले सञ्चालन गर्ने हरेक गतिविधिहरु अनलाईन र एसएमएस मार्फत कार्यसम्पादन गर्न शुरु गरिएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
विहिवार वसेको समितिको वैठकले प्रशासनिक कार्यलाई चुस्त दुस्त तथा छिटो छरितो वनाउन समयानुकुल आधुनिक प्रविधिबाट अघि बढ्ने निर्णय गरिएको अध्यक्ष हमालले वताए ।
अनलाईन र एसएमएस मार्फत व्यवसायीहरुलाई विमा, नियमित वैठक, सवारी धनी तथा सवारी चालकहरुको अभिलेख र व्यवसायीहरुको वारेमा अनलाईनबाटै जानकारी लिन सकिने व्यवस्था गरिएको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले वताएका छन् ।
