दाङ १८ बैशाख । दाङको दुधरासमा जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिका १८ दुधरासको मनिकापुरमा रहेको बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी अन्दाजी ६५ बर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

aagoma jaleraजिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहका अनुसार सोमबार बिहान ९ बजे तिर खाना पकाउदै गर्दा ग्यासको सिलिन्डर लिकजे भएर आगो लागेको र उनी घर भित्रै रहेको अबस्थामा जलेर मृत्यु भएको हो ।

घरमा आगो सल्किएपछि आगो निभाउन घर भित्र कोही पनि प्रबेश गर्न सक्ने अबस्था नरहेकोले गुरुङलाई जिबितै बाहिर निकाल्न नसकिएको स्थानियले बताए । आगोले घर भित्रका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।