दाङ १८ बैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित चिन्तामणि–जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार गणेश ओलीलाई प्रदान गरिने भएको छ । महासंघले बैशाख १० गते गठन गरेको पुरस्कार छनोट समितिले पत्रकार गणेश वलीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
घोराही निबासी रामप्रसाद जैशी र नारदमणि पोख्रेलले आफ्ना दिवंगत बुवाआमाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार यही बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक कार्यक्रम गरी प्रदान गर्न लागिएको महासंघका अध्यक्ष सबिन प्रियासनले बताए ।
लामो समय देखी बिभिन्न सञ्चार माध्याममा क्रियाशिल रही अनुभव बटुलेका वली अहिले पत्रकार महासंघको प्रदेश सभासद, प्रेस सेन्टर प्रदेश नं. ५ का सचिब छन् ।
अध्यक्ष प्रियासनका अनुसार तुलसीपुरको राप्ती शान्ती उद्यानमा कार्यक्रम गरी पुरस्कार बितरण गरिने छ । अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले आईतबार एक बिज्ञप्ति जारी गरी सोही कार्यmममा उपस्थितीका लागि साधारण सदस्य, केन्द्रीय तथा प्रदेश सभासद, अग्रजलगायतलाई अनुरोध गरेको छ ।
