इन्द्रेणी संवाददाता

 नेकपा माओवादीका नेता नेत्र विक्रम चन्द (विप्लप)ले जनवादी नेता नदी बेच्ने बने र पुराना निरंकुस , वादशाहहरु  कट्टर राष्ट्रवादी बन्ने अबस्था आएमा  राष्ट्रवादीलाइ नै समर्थन गर्नु पर्ने धारणा राखेका छन् । छलफल चौतारी दाङले दाङको घोराहीमा गरेको अन्तरक्रियामा बोल्दै विप्लपले भने- ” सशत्र संघर्षबाट आएको आफ्नो पाटी अहिले ठुलो अन्यायमा परेकोछ । दुनियामा कहिँ कतै पनि सशत्र संघर्षबाट आएको पाटी यति धेरै  गिर्नुपर्ने अबस्था नआएकाले हामि पनि झुकेर वादशाह हरुसंग किन भ्रष्टाचारको सांक्षी बस्ने ? “

13327439_578329382327534_2662152841855730678_nनेपाल अहिले भ्रष्टचारको अखडा भएकाले भ्रष्टहरुलाई सचेत पार्न आफुले भौतिक कारबाही सुरु गरेको विप्लप को भनाइ थियो । अहिले जनता ठुलो  अन्याएमा परेको ठहर गर्दै आफ्नो पाटीले  जनतालाई साथ  दिनकोलागि संघर्षको सुरुवात गरेको कुरा विप्लप ले भने । जनता लाइ कुनै पनि कुरामा अन्याय  हुँदा अबरोध हुन्छ । भन्दै विप्लपले भने आफुलाई आफ्ना नेताहरुले स्वर्गको  सपना देखाएर नर्कको बाटो हुत्त्याएकाले हामीले  बिद्रोह गर्नुपरेको हो।

अन्तरक्रियामा उठेका प्रश्नहरुको जवाफ दिदै चन्दले माओवादीलाई एक्ल्याएर अघि बढे त्यसको सशस्त्र प्रतिवाद गर्ने बताए ।  ‘हामीले चाहेको ठाउँमा अहिले नेपाल छैन । हामी राष्ट्रलाई स्वाधीन गर्न विद्यार्थी जिवानामै एके-४७ बोकेर युद्धमा गयौं, बन्दुक र सेना सिविरमा बुझायौं। हामीले महल, सम्पति खोजेका थिएनौं,’ आफ्नो पार्टीले शान्ति चाहेको बताउँदै चन्दले भने, ‘हामीसँग हतियार छैन, सेना पनि छैन तर दिमागमा हतियार भएपछि भोलि हतियार आइपुग्छ। राज्यले हामीसँग युद्ध खोजेको छ।’ उनले देशभक्त, मध्यम वर्ग, श्रमजिवी र राष्ट्रिय पुँजीपतिलाई क्रान्तिका लागि एक ढिक्का हुन अनुरोध गरेl  आफ्नो धारणा राख्ने क्रममा विप्लप ले भने कि त जनताको अधिकार स्थापित गर्छौ कि खरानी हुन्छौ ।’