उदय बीसी

घोराही, २१ जेठ । दाङको घोराहीमा शुक्रवारदेखि बाँसका समाग्री निर्माण सम्बन्धी सीपमुलक तालिम शुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही नगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिम पन्ध्र दिनेसम्म चल्नेछ । तालिमको औपचारिक रुपमा घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले गर्नुभएको हो ।
13313633_10206298826181396_1223585737_oतालिम उद्घाटन गर्दै प्रमुख अतिथि घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले यस्ता सीपमुलक तालिमलाई व्यवसायीक बनाउन सकेमा गरिवीनिवारणलाई सहयोग पु¥याउने बताउनुभयो ।
दाङ जिल्ला उवासंघका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका सदस्य एवं तालिमका संयोजक माया पाख्रेलले गर्नुभएको थियो । तालिममा १८ जना महिलाको सहभागिता रहेको छ भने प्रशिक्षकमा सावित्रा विक हुनुहुन्छ । कार्यक्रमको सहजीकरण संघका सचिव सुशीलप्रकाश आचार्यले गर्नुभएको थियो ।