चेतन रेग्मी
तुलसीपुर, ४ बैशाख । तुुलसीपुरमा सञ्चालित अटोरिक्सा (ई–रिक्सा) श्रमिक यातायात समितिका महासचिव सचिवलगायत पाँचजना पदाधिकारीहरुले आफुहरुले प्रालि परित्याग गरेको घोषणा गरेका छन् ।

ई–रिक्सा श्रमिक यातायात प्रा. लिका महासचिब माधब दाहल, सचिव ताराप्रकाश वली, सदस्यहरु जीबराज लामिछाने, डिगम्वर सिह भण्डारी, डिल्लीबहादुर डाँगीले आज प्रेस विज्ञप्ति जारी गरी प्रालि परित्या गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा आफूहरुलाई कारवाही गरिएको नभइ विविध विषयमा आफूहरुको असहमति भएका कारण प्रालि परित्याग रिएको उल्लेख छ ।

गम्मरचन रोका अध्यक्ष रहेको समितिले प्रा .लि. ले दर्ता प्रकृयामा नक्कली सहीछाप गरेको, आर्थिक हिसाब दुरुस्त नगराएको अध्यक्षले मासिक तलब समेत माग गरेको, महासचिब र सचिबको नाममा नियम अनुसार बैँक खाता समेत खोल्न नमानेको, प्रालि व्यावसायीहरुको साझा सस्थाको रुपमा नभई पार्टीको भातृ सँगठनको रुपमा सञ्चालन गरेको आरोप विज्ञप्तिमा उल्लेख छ ।