गोविन्द खड्का
‘विद्यालयमा प्याड व्यवस्थापनको अबस्था निकै कमजोर छ’ जिल्ला जनश्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले भन्नुभयो, ‘घरमै त कति समस्या छ ।’ उहाका अनुसार उचित व्यवस्था र व्यवस्थापन गरेका विद्यालयहरु थोरै मात्र होलान् । अधिकांशको अबस्था नाजुक छ ।
सिक्ने र सिकाउने थलो भएकाले प्रगति खोज्न विद्यालय पुग्नुपरेको हो । घरको अबस्था झन् कहि नसक्नु छ । धेरै महिलाहरु प्याड पाउदैनन् । गरीवी वा अचेतता जुन कारण देखाएपनि उनिहरु संग पटकै पिच्छे फेर्ने प्याड हुदैन । दिनमा कतिवटा प्याड फेर्नुहुन्छ भनेर केहि महिलालाई सोधेको छु । उनिहरुले जवाफ दिन्छन् एउटा । अलि बढि फ्यात्तै भिज्यो भने दुईवटा सम्म फेर्छन् ।
उनिहरुलाई अर्को प्रश्न थपेको छु त्यहि प्याडमा रगत बिहान देखि साझ सम्म पोको पारेर राख्दा के हुन्छ ? छ्या गन्हाउछ । उनिहरुले वाक्क थुक्क गरेर अनुहार विगारे । निकै घिन लाग्दो बस्तु भेटेको महशुस गरे । यसको मतलव यौनीमा नाक नहुने भएकाले प्रयोग भएको प्याडको गन्ध सहेका छन् । अन्यथा नाकको टुप्पोमा त्यसरी बनाएको रगत को पोको सहन सकिन्न ।
यहि विषय महिनावारी स्वच्छता व्यवस्थापन तालिम लिनुभएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्राविधिक तिल बहादुर केसीलाई सोधेको थिए“ । ‘प्याड कति समय पछि फेर्नुपर्छ ?’ उहा“को जवाफ थियो । ‘हरेक दुई घण्टाको फरकमा’ त्यसपछि म आफै छक्क परेको थिए । सामान्य परिवार जसको आयश्रोत कम छ त्यसले कसरी धान्न सक्छ ? प्रश्न जन्मियो । लाग्यो गरीवहरुका लागि असम्भव हो । पैसा नहुनेले त महिनाको एक पटक हुने महिनावरी टार्न नसक्ने भयो । केसिले जवाफ दिनुभयो घरमै कपडाको प्याड बनाउन सकिन्छ । आफ्नो साईज अनुसार बनाउन पाईने भएकाले सजिलो हुन्छ, हावापास हुनेभएकाले चाडै फोहर हुन्न, धोएर आईरन लगाउने वा टहकिलो घाममा सुकाएर पुःन प्रयोग गर्न सकिन्छ ।
स“धै गरीव शब्दको विरोधी कित्तामा उभिने नेपाल सरसकारका पुर्व उपसचिव रमेश अधिकारी हापुरको याद आयो । मान्छे त कोहि पनि गरीव छैन । सबैले केहि न केही गरेर उबाजाउने हो । जसले उत्पादन गर्न सक्दैन त्यो गरीव हो । जो निश्कृय छ, अल्छी छ, अनावश्यक काममा समय खर्चिन्छ त्यो गरीव हो । जो आशा वादि छ त्यो काममा लाग्न सक्छ । राम्रो संग बाच्नुपर्छ भन्ने सकारात्मक सोच भएकोले जुटाउ“छ । फजुल खर्च बाट बचाउ“छ त्यसपछि उसमा गरीवी रहन्न ।
फेरी गाउ“तिर फर्किएर सोच्न मन लाग्यो । जतिबेला भेट्यो रक्सीकै गन्धमा रंगमगिएका हुन्छन् । हातमा चुरोटको धुवा पनि छुट्दैन । सधै झुल्ने भएकाले केहिलाई गुड नाईट भनेर सम्वोधन गरीन्छ । उनिहरुले जेबमा सुको हुन दिदैनन् । पाच रुपैया हुनेले दशको दिनुस पाच भोलि दिउला भनेर पनि एक गिलास घुट्क्याउछ । भोली काममा जान लाछु आज छैन है भनेर एक बट्टा चुरोट उठाउ“छ । त्यति भएपछि कुकुरले जुठो चहार्दै दैलो ढुके जस्तै डुल्न थाल्छन् । कामकाज गर्दैनन् । घर परिवार छोरा छोरीको ख्याल छैन । फोहर नांगा भोका हुन्छ् । तिनलाई गरीव भन्ने ?
तर पनि बच्चा विद्यालय पठाएका छन् ।
अधिकांशले निजि स्कुल पढाउछन् । खाडीमा होस कि कालापहाडमा, मिस्त्री गरोस् कि लेबर ? त्यसले मासिक फिस तिर्ने जुटाउछ । कापि कलम मसिको व्यवस्था गर्छ । उनिहरुले विद्यालयलाई दिएको टाई, बेल्ट, टाउजर हरेक बाट केहि रकम निकाल्छन् । विद्यालयले अन्य सुल्क पनि असुल्छन् त्यो पनि बचाउछन् । विक्रेता कपडा व्यवसायी स्टेश्नरी सबै बाट केहि रकम आउछ । त्यो सबै कमाई गर्ने निजि विद्यालयको मनसायले हो । त्यसमा अभिवावकको गुणासो खास्सै हुन्न ।
विद्यार्थी संगठनहरुले केहि स्वार्थ संग मुद्धाहरु उठाउछन् त्यसले केहि प्रभाव पारेपनि कुनै सम्झौतामा टुंगिन्छन् । विद्यालय सञ्चालकलार्य धक्का पुगेको छैन । लाग्छ कुनै पनि निजि विद्यालय घाटामा छैनन् । उनिहरुले बनाएका बिल्डीङहरु बोलिरहेका छन् फाईदै फाईदामा कम्पनी चलेको छ भनेर । उता सरकारी विद्यालयमा मसलन्दै खर्च हुन्न । चक डस्टर को व्यवस्था नगर्ने हेडमास्टरहरु विल मिलाएर सक्छन् । त्यसैले यहा गरीव विद्यार्थी, विद्यालय कोहि पनि छैनन् ।
मुख्य समस्या आवश्यकताको महशुस नहुनु हो । नेपाल रेडक्रस सोसाईटिले विद्यालयहरुमा ईन्सीनेटर सहितको प्याड फाल्न सुविधा गरायो । रेडक्रस सर्कल गठन गरेर विद्यार्थीवौ व्यवस्थापनको उपाए अपनायो । रेडक्रसका वास संयोजक बिश्राम अधिकारीका अनुसार यहि कुरा बुझाउन निकै मेहनत गर्नुपयो । अम्वेश्वरी मावि अम्वापुर फुलवारी, अमरमावि उरही लगाएत केहि विद्यालय मात्रै उदाहरणीय रुपमा देखाउन लाएक छन् । त्यस बाहेक धेरै विद्यालयहरुले पुर्ण रुपमा लागुगर्न अझै सकेका छैनन् । निजि विद्यालयहरु गोरखा मावि घोराही, सिद्धार्थ एकाडेमि, माउन्टभ्यू, स्टार मावि र अल्फा मावि घोराहीमा विद्यार्थीलाई प्याड दिने व्यवस्था गरेको बताउछन् । धेरै विद्यालयलाई सोध्न सकिएको छैन । त्यहि व्यवस्था दाङ भ्याली लगाएत केहिले यस बर्ष गर्ने भनेका छन् । यो स्तम्भकार नपुगेका विद्यालयमा पनि व्यवस्था गरेका होलान् ।
कति बेला हुन्छ महिनावारी सामान्यत २८ दिनमा भन्ने हो । त्यो कति बजेर कति मिनेटमा भन्ने छैन । त्यो समय एकिन नहुदा पढ्दा पढ्दै, हिड्दै गर्दा, लाईन बसेको बेला चौरमा, परिक्षा शुरु हुदा बेञ्चमा, ईन्टरवलमा खेल्दै गर्दा जति बेला पनि हुन सक्छ भन्छन् महिलाहरु । त्यसैले दिन पुग्दाको आसपासमा प्याड बोकेर हिड्नु परेको छ । त्यो ईमर्जेन्सी कुराको व्यवस्थापनमा विद्यालयले ध्यान दिने कि नदिने ? दाङ भ्यालीका प्राचार्य दानबहादुर केसिले यसै बर्ष देखि व्यवस्था गर्ने बताउनुभएको छ । जयशेर मावि रावत गाउले पनि त्यहि प्रतिबद्धता गरेको छ ।
प्याडका व्यवस्था संगै खानेपानीको सुविधा अनिवार्य छ । दुई घण्टामा फेर्नुपर्छ भने त्यतिनै बेला धुनुपर्छ । फेर्ने र धुने सुरक्षित र सफा स्थानको आवश्यकता पर्छ । बाल्टीमा थुपारको प्याडले संक्रमण शौचालय भरी नै फैलाउछ । त्यसैले ईन्सीनेटर सहितको हुनुपर्छ । जलाउदा सहयोगीले पनि बोक्नु नपरोस् । बाहिर फालियो भने कुकुरले डुलाउछ । कतिपय अबस्थामा नसा लिने कुलतमा फसेकाहरुले पनि युज भएको प्याड प्रयोग गरेको सुन्नमा आएको छ । त्यसो हो भने सुरक्षित व्यवस्थापन गर्नुपर्छ । सकभर रेष्टरुम बनाएर अचाक्ली दुख्दा खेरि ढल्ने र प्याड फेर्ने सहुलियत दिनुपर्छ । अब बच्चा भर्ना अभियान लिएर आउनेलाई यहि सोधौ प्याडको व्यवस्थापन कस्तो छ ?
उनिहरुले विज्ञापन गर्नलाई तपाईको कुरामा झुटो जवाफ दिएको हुनुपर्छ । आफै विद्यालय गएर हेर्नुस् । यदि सुविधा छैन भने तपाईको छोरी महिनावारी हुदा विद्यालय जाने छैनिन् । विद्यालयमै भैहाल्यो भने फर्केर आउछिन । हरेक महिनामो महिनावारीमा दुाई चारदिन स्कुल छुट्छ । यदि पचाएर बसिन भने दिनभरी एउटै प्याड रहने छ । त्यो सड्ने छ गन्हाउने छ । हिन्दा सुरुवाल वरपर झिंगा माखा भन्किने छन् । उनलाई लाज र डर दुवैले पढाईतिरको ध्यान विकेन्द्रीत गर्ने छ । कमजोर बनाउने छ ।
अझ पाठेघरको मुख हुदै विभिन्न संक्रमणहरु देखिने छन् । अहिले पाठेघरमा किस खाने जमाना अएको छ । ओसोले भनेजस्तै सम्भोग समाधि अधिकांश पच्छिल्लो पुस्तालाई मन पर्छ । त्यसमा पुर्ण लिन भएर मस्ती उठाउन खोज्छन् । त्यसका लागि योनीमा किस गर्छन् । त्यसैले पनि सफा हुनुपर्छ । मुख भन्दा पनि त्यो सफा राख्नुपर्छ । विद्यालयका कारणले रोगि भयो भने जीवनभर उसले दुःख पाउछ । त्यसतो सुन्दर, नरम शरीरमा पिप बग्ने घाउ देखिन सक्छन् । त्यसले क्यानसर लगाएत अरु समस्या ल्याउन सक्छ । अनि ठुलो मान्छे बनाउने सपना स्वाहा हुन्छ । शेयर धनिले फाईदा कमाउन कसैको रहर र जिवन धरापमा पारीदिनु हुन्न । जसका कारण जिवनभर रमाउने अबसर गुमाउन् ।
ढिलो चा“डो सबैले बुझ्नैपर्छ स्वाथ्य पहिलो धन हो । जति स्फुर्तिहुन्छ त्यति सकृयता बढ्छ । त्यसका लागि पहिलो शर्त निरोगीता हो । विद्यालयका कारणले छात्राहरु कुनै रोगको शिकार नबनुन् । दर्शनले नपढेका मान्छे पनि बुद्धिमान हुन्छन् भन्छ । आठ घण्टा जेल जस्तो विद्यालयमा बसेर रोगि हुनु भन्दा नपढेकै बेश । अक्षर अरु उपाएले पनि चिन्न सक्छ । जागीर नखानेहरुको अस्थित्व छैन भन्ने होईन । एउटा विद्यालय छोडेर अर्कामा जान पाईदैन भन्नेपनि छैन । खानेपानी र सरसफाई नसिकाउने विद्यालयले शिक्षा दिन सक्दैन । त्यसले केहि पाठ घोकाए पनि पुर्ण छैन । देश र समाजका लागि कुनै भुमिका खेल्न सक्दैन । छात्राहरु आमा हुन् । आमाको महिमा मण्डली गाउन सिकाउने विद्यालयले तिनैलाई रोगी बनाउनु अपराध हो । मुखमा रामराम बगलीमा छुरा धसेको मान्नुपर्छ । वाचा गरौ प्याड नदिने विद्यालयमा यसपटक भर्ना नहुने ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)