दाङ , ३ बैशाख । नेकपा माओवादी केन्द्र घोराही १६ को वडा सम्पर्क कार्यालय सर्रामा शनिवार स्थापना गरिएको छ । कार्यालयको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला ईन्चार्ज जीवन गौतमले गर्नु भएको हो ।

सो अवसरमा वोल्दै गौतमले सिंहदरबारको अधिकार जनताको दैलोमा ल्याउन माओवादीको वलिदानि भएकाले यसको कार्यन्वयनका लागि स्थानिय तहमा माओवादीलाई विजय गराउन सवैलाई आग्रह गर्नुभयो ।

17861890_260575951071824_7705736506769528835_nवडा अध्यक्ष प्रतापको सभापतित्वमा भएको कार्यक्रममा ईन्जिनियरिङ टोल विकाश संस्थाका अध्यक्ष खिमबहादुर नाथ, एकल महिला सरोकार केन्द्रका अध्यक्ष यमकुमारी ढकाल, नेपाल प्राध्यापक संगठनका जिल्ला सहसचिव भिमसेन गिरी, घोराही उपमहानगरपालिका सदस्य झपेन्द्र चित्रकार, प्रेस सेन्टर ५ नं सचिव गणेश ओली, माओवादी केन्द्रका जिल्ला सल्लाहकार चक्रबहादुर विश्वकर्मा लगाएतले बोल्नुभएको थियो ।

वडा उपाध्यक्ष शंकर चौधरिको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको संचालन सचिव देउमन दमाईले गर्नुभएको थियो ।