तुलसीपुर, ३ बैशाख । नयाँ शक्ति नेपाल तुलसीपुर उपमहानगरपालिकाको बैठक शनिबार भएको छ । तुलसीपुर सहसंयोजक मोहनसिंह वलीको अध्यक्षता तथा नयाँ शक्ति दाङका संयोजक नारायण भट्टराईको प्रमुख आतिथ्यमा बैठक भएको हो । बैठकले तुलसीपुर हाल बसपार्कमा रहेको कार्यालयलाई तुलसीपुरको‘घ’ लाईनमा सोर्न निर्णय गरेको छ ।

nayaत्यस्तै चुनाबलाई लक्षित गरि मोहन सिंह वलीको अध्यक्षतामा ३७ सदस्यीय प्रचारप्रशार समिति गठन गरेको छ । साथै स्थानिय तहको निर्बाचनमा तुलसीपुरबाट बैशाख १० गते भित्रै उम्मेदवारको टुंगो लगाई सक्ने निर्णय समेत गरेको छ ।

बैठकले तसलसीपुर उपमहानगरपालिकाको पार्टी प्रतिनिधमा जिल्ला सदस्य सुरेन्द्र प्रकाश चन्दलाई पठाउने निर्णय समेत गरेको छ ।