इन्द्रेणी संवाददाता
दाङ, १ बैशाख । आज विक्रम संवत २०७४ वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन । आजको दिनलाई एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सम्भव हुनेले आफन्त, साथी भाई, स्टमित्र, छरछिमेकलगायतलाई भेटर शुभकामना आदानप्रदान गरे नयाँ वर्ष मनाउदै छन् त सम्भव नहुँनेले फेसवुक, ट्युटरलगायत समाजिक सञ्जाल, टेलिफोन, शुभकामना कार्ड पठाएर मनाउदैछन् ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । यो दिनमा हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन, समीक्षा पनि गर्ने गर्दछन् । भने गएको वर्षमा भएका असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजना बनाउने गरेको पाइन्छ ।
त्यस्तै बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । यो दिनमा जे गरयो त्यो कामले वर्षभरी निरन्तरता पाउछ भन्ने मान्यता पनि छ । विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारहरु बताउछन् ।
यसैबीच इन्द्रेणी अनलाइन परिवार पनि सम्पूर्ण पाठक, विज्ञापन दाता, शुवेच्छुक सबैमा नववर्ष २०७४ सालको मंगलमय शुभकामना व्यक्त गर्दै उत्तोरउत्तोर प्रगतीको कामना गर्दछ ।
