गोविन्द खड्का
घोराही, २८ चैत । एउटा एन्ड्रोईड मोवाईल खरीद गर्ने ग्राहकलाई टि सर्ट सित्तैमा दिएर नया बर्ष २०७४ मनाउन लागेको जिएस मोवाईल हवले जानकारी दिएको छ । तुलसीपुर चोक घोराहीको मनटावरमा रहेको हवमा कलर्स, जिओनी, सामसुङ, लगाएतका फोनहरु राखिएको प्रबन्धक शुरेश गौतमले जानकारी दिनुभयो ।

Apple_iphoneग्रँहकले १६ हजार मुल्य भन्दा माथिको मोवाईल किन्दा अर्को मोवाईल फ्रि दिने सभियोग मोवाईल सपले जानकारी दिएको छ । डबल सिम, मेमोरी लाग्ने र एक बर्ष वारेन्टी सहितका मोवाईल दिने सञ्चालक भिमसेन डिसीले बताउनुभयो । प्रो डिसीका अनुसार, सामसङ, हवाई, जेओनी लगाएतका मोेवाईल राखिएका छन् । निकट भविश्यमै ओप्पो, एमआई आउदै गरेको छ ।

ग्रहकको आवत जावत पातलियो भने डिसीलाई आलस तालस शुरु हुन्छ । सञ्चालक डिसी ग्राहक बाक्लीने कुनै उपाए सोच्छन् । अहिले सम्म फुरेका सबै योजनाले उभो लाएका बताउ छन् । उदाउदा व्यापारीको रुपमा चिनिन्छन् । केहि महिना अघि एक्सचेञ्ज अफर चलाए । त्यसले नया विक्री पनि बढायो, पुराना संकलन गरेका मोवाईल बाट पनि फाईदा लिन सकियो । ‘घरमा थुपारेका मोवाईल ल्याएर नया लग्दा धेरै खुशि देखिन्थे’, डिसीले भन्नुभयो, ‘व्यापारमा पनि विकास थियो ।’ उहाले त्यस क्रममा पाच छ सय मोवाईल एक्सचेञ्ज गरेको बताउनुभयो ।
हरेक एससीरीजमा पचास प्रतिशत सम्म छुट दिएर एपेक्स डिजीटलले नया बर्ष मनाउने बताएको छ । एप्पल लगाएत सबै मोवाईलका सबै ओरीजीनल पार्टस पाईने स्थान भनि दावि गरेको छ । नया“ व्यवस्थाका साथ डिजीटल शुरु भएको थियो । त्यसको शोरुमको सजावट आधुनिक मानिन्छ ।

त्यस संगै केन्द्र बाटै सिसि क्यामेराबाट निगरानी हुने, कम्प्युटर विलिङ गरीने, हरेक सामान भ्याटको कारोबार गरीने प्रबन्धक कृष्ण पुनले जानकारी दिनुभयो । बजारमा ठाउ ठाउमा केन्द्र राखेर आक्रामक शैलि अपनाएको डिजिटलले सम्वन्ध विस्तार भने अपेक्षित गरेको देखिन्न । धेरै प्रति स्पर्धिलाई चिढ्याएको बतााईन्छ । जोप्पो, आईफोन, सामसुग, लेनवो, एमआई, जिओनी, जेट्टई लगाएत मोवाईल राखिएको पुनले जानकारी दिनुभयो । नया बर्षको अबसरमा ओप्पो, वनप्लस र माक्रोम्याक्स, नोकिया ल्याउने तयारी गरेको पुनको भनाई छ । उहाका अनुसार चाडै एपेक्स डिजीटल केयर खुल्दै छ । एकै छाना मुनि सवै सेवा दिने छ ।

बम्पर उपहार कार राखेर स्मार्ट क्याफेले सामसुङ मोवाईलमा नया बर्ष मनाउदै छ । त्यस संगै सबै सामसुङ मोवाईलमा एक सय देखि एक हजार सम्मका रिचार्ज कार्ड दिएको प्रबन्धक सुरज गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार स्क्रायच कार्ड मार्फत एक सय प्रतिशत क्यास व्याक परे उस्तै अर्को मोवाईल र पचास प्रतिशत परे आधा नगद फिर्ता दिने व्यवस्था छ । यसो त सर्भिस सेन्टरहरुले पनि आफ्नो नया बर्ष भव्य बनाउने बताएका छन् । न्यु ईएरको जत्ति चर्चा हुन्नकि भनेर सोध्दा उनिहरुले झनै उल्लास मय बनाउने जवाफ दिए । कनेक्टीङ मोवाईलका शरद केसिले सर्भिस चार्ज फ्री बनाएर नया बर्ष मनाउने बताउनुभएको छ ।

भारी छुट दिएर मोवाईल व्यापार गर्न नसकिने राप्ती अञ्चल मोवाईल तथा ईलेक्टोनिक संघले जानकारी दिएको छ । सघका अध्यक्ष एवं देउती मोवाईल सेन्टरका प्रोप्राईटर दिपक पाण्डेका अनुसार एसेसरीज र सेवामा छुट दिन सकिन्छ । केन्द्र बाटै कम्पनीले गरेको व्यवस्था बाहेक व्यवसायीले मोवाईलमा छुट दिन सक्दैनन् । मोवाईल धेरै फाईदा खाएर बेचिदैन । अहिले झन् कडा प्रतिस्पर्धा छ । उस्तैलाई टिक्नै मुश्किल हुने बजार बनेको छ । संघले शिवीर चलाएरै चार पाच सय चार्ज लाग्ने मोवाईल सित्तैमा बनाईदिएको थियो । त्यस बाहेक नया बर्षको नजिक नजिकमा कम्पनीले ल्याउने अफर अनुसार चल्ने अध्यक्ष पाण्डेको भनाई थियो ।