इन्द्र्रेणी संवाददाता
दाङ, २१ जेठ
जिल्ला भु–संरक्षण कार्यालय दाङ्ले चालु आर्थिक बर्षमा लक्ष्य अनुसार काम सम्पन्न भएकोे जनाएको छ । कार्यालयले सञ्चालन गरेको भू–संरक्षण कार्यक्रम र राष्ट्रपति चुरे कार्यक्रम अन्र्तगत ८० प्रतिशत काम सम्पन्न भैसकेको कार्यालयले जनाएको हो ।
कार्यक्रममा ७३ लाख ५० हजार मध्ये ४३ लाख ५८ हजार ४ सय २२ रुपैयाको काम सम्पन्न भैसकेको कार्यालयका लेखापाल यूवराज खड्काले बताउनुभयो ।
जस अन्र्तगत त्रिपुरको पेरनी र गढवा ५ को खवरी खानेपानीमा पानी मुहान संरक्षण , हेकुलीको चखौरामा पोखरी तथा ताल संरक्षण , तुल्सीपुर १० मा सडक पाखो संरक्षण, श्री गाँउको बागरखोलामा उपजलाधर योजना, धनौरी ४ को बरौखोलामा गल्छी पहिरो उपचारको काम सम्पन्न भएको खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी हेकुली ४ मौलीमा खहरे खोला किनारा संरक्षण , विजौरी २ सक्राममा सिचाई कुलो संरक्षण, हेकुली २ सलौरामा तार जालिको काम सम्पन्न भएको हो ।।