गोबिन्द खड्का
घोराही,१३ चैत । आउदो स्थानिय चुनावमा भाग खोज्ने भएका छौ । पा“च दिनको नेतृत्व विकास तालिमले चुनाव लड्ने बनायो ।’ घोराहीमा विहिवार सम्पन्न तालिम समापन कार्यक्रममा महिलाहरुले एउटै भाषा बोलिरहेका थिए ।
जिल्लाका आठ वटा समुहका साठि महिलाहरुलाई महिला तथा वालवालिका कार्यालय दाङले पाच दिने नेतृत्व तथा संस्थागत विकास तालिम दिएको थियो । उनिहरुका अनुसार यस अघिका तालिम लरङ फरङ गर्ने, मोवाईल हेरेर समय कटाउने, आफ्नो क्षमता भन्दा कमजोर लाग्थे । लगातार अठार बर्षदेखि सहकारीमा काम गर्दै आउनु भएका द्रोपदा न्यौपानेले भन्नुभयो, ‘मैले जति कसैले गरेको छैन भन्दा भन्दै सिक्नु धेरै वाकि रहेछ’ न्यौपानेले थप्नुभयो ‘अब ठेस लागेर होस आएको जस्तो बनाएको छ ।’ उहाका अनुसार ठुलो हौसला दिएको छ ।
‘नेता र नेतृत्वमा के फरक छ भन्ने जानियो’ अर्का सहभागि सुलोचना केसीले भन्नुभयो, ‘सञ्चार सेवा कस्तो हुनुपर्छ भन्ने पनि थाह भयो’ उहाका अनुसार चुनाव कसरी प्रचार प्रसार गर्ने पनि जानीएको छ । नेतृत्व र सदस्यको भुमिका पनि बुझिएको छ । समुह र समिति कुशलता पुर्वक चलाउन सकिने आ“ट बढाईदिएको छ । सबै कुरा छर्लङ्ग पारेकाले निकै प्रभावकारी तालिम भयो । यसले आउदै गरेको स्थानिय तहको चुनावमा धेरै महिलालाई अघि बढाउछ ।
केसीले भने जस्तै सहभागि धेरैलाई नेतृत्वको हुट हुटि जगाईदिएको थियो । एक जनाले तालिमको अनुभुति सुनाउन सञ्चालक एम कुमारी खड्काले समय दिएका थिए । तिन जनाले अगाडि आएरै आफ्ना कुरा राखे । समाजमा महिलाहरुको सकृय भुमिका देख्न चाहेको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र स्थानिय विकास अधिकारी कुल बहादुर जिसीको सुझावलाई पनि सम्झिए । सबै कुरालाई गासेर विमला सुवेदिले गित सुनाउनु भयो । ‘जुन बेला पनि यहि तालिम सम्झेर मनलगाई काम गर्ने छु’ भनी अठोत व्यक्त गर्नुभयो । सहभागिले तालि बजाएर समर्थन जनाए ।
सहभागिको सकृयता, उत्सुकता र मेहनतले प्रभावित हुनुभएका प्रमुख प्रशिक्षक मोति कुमारी विश्वकर्माले जागिरको २९ बर्षे अनुभुतिको नया अनुभव भनेर टिप्पनी गर्नुभयो । ‘तपाईहरुले सिकेपछि मात्रै हाम्रो प्रगति हुन्छ’ महिला तथा वालवालिका कार्यालय दाङका महिला विकास अधिकृत प्रशिक्षक विश्वकर्माले भन्नुभयो, ‘आउदो चुनावमा कसरी भुमिका खेल्नुहुन्छ र सहभागिता जनाउनु हुन्छ भन्नेले पनि देखाउछ ।’
यसरी प्रशिक्षक विश्वकर्मा बोलिरहदा हलभरीका सहभागिका अनुहार चम्किएका थिए । उनिहरुले स्थानिय तहको चुनावमा आफ्नो पदको कल्पना गरेको हुनुपर्छ । जब समापनको घोषणा भयो तब भने सबै शान्त देखिए । उनिहरु तालिम बाट छुटिन चाहन्नथे । त्यसले तालिम गजब भएको पुष्टि गर्दथ्यो ।