गोविन्द खड्का
पहिलो संविधानसभा चुनाव ताका श्रीगाउँको एउटा होटलमा त्यस अघिल्लो चुनावको ऋण भेटियो । होटल साहुले पिडित भएको गुणासो गरेपछि नौलो जनउभार साप्ताहिकमा समाचार बनाए । सम्वन्धित उम्मेदारले समाचार भन्दा तिन गुणा ठुलो खण्डन लेखेर पठाउनुभयोे । त्यसतो नभएको दावि थियो ।

त्यो नास्ता सांसद स्वयंले खाएका होईनन् । उनको चुनावी अभियानमा लागेका सहयोगीले खाएका हुन सक्छन् । होटल सञ्चालकले मलाई संसदको नाम दिए । मैले कुनै राजनीति गर्नभन्दा पनि उनको भनाई समाचार बनाए । करीव दश बर्ष पछि पनि मेरो पैसा दिएन भनेर सुनाए । यसको अर्थ न भुल्ने गरी ठगिएको महशुस गरेका छन् । सायद तिनले सम्वन्धित व्यक्तिलाई मत दिदैनन् । मेरो अनुमान गलत हुन सक्छ ठगीएकै हुँ भन्ने लाग्यो भने त्यो दललाई पनि मत दिदैनन् ।

अहिले दोस्रो संविधान सभाको चुनाव समिक्षाको विषय बनेको छ । बजारमा देखिएका त्यसका प्रभाव सिक्ने र सच्याउने विषय हुन् । त्यस मध्यको एउटा प्रसंग यस्तो छ । सामान्य चिया नास्ता बेच्ने एक व्यक्तिले घोराहीको होटल चुनाव पछि अचानक बेचे । व्यवसाय छोडेको केहि दिन पछि भेटिएका ति युवकको गुणासो सुन्ने मौका मिल्यो । उनले एक जना जिल्ला स्तरका नेतालाई बेसरी गालि गरे । यति सम्म कि भेटेभने न्युनतम हातपात हुन्छ । मान मर्यादाको ख्याल गर्ने छैनन् । किन भने ति नेताका कारण व्यवसाय खोसिएको छ । ति व्यवसायीको नजरमा जनताको नेता होईन चोर, ठग,डाँका , गुण्डा, अपराधीको दर्जा छ ।

Punarsamrachanaयति धेरै आक्रोशीत हुनुको कारण खुलाउदै उनले बयान गरे । चुनावको मुखैमा युवाहरु जम्मा गर्ने भनियो । सुभ चिन्तकको होटलमा खानेको व्यवस्था भयो । दर्जनौ युवाले लाखौको खाना खाए । जब पैसा तिर्नेभयो ति युवाका नाईके नेता फरार भए । उनि संग कुनै किसीमको सम्पर्क हुन सकेन । त्यसरी भुमिगत भएका नेताको खोजी गर्दा गर्दै होटल बेचेर साहु बुझाउने अबस्था आयो । ति व्यवसायीले सुने अनुसार काठमाण्डौ बाट पैसा आएको थियो रे । खाना र भाडा सहित आएको पैसा दुवै विषयमा खर्च भएन । गाडिमा कतै लगेनन् । होटलको पैसा पनि तिरेनन् ।

यति बेला सम्म चुप लागेको व्यवसायीहरु अहिले फेरी खाता पल्टाउन लागेका छन् । कसको चुनाव हुदाको कति रकम लिन बाँकी छ । किन भने फेरी ति दल र नेताका लागि खर्चगर्ने दिन आउदैछन् । बजार हल्ला अनुसार धेरै व्यवसायी संग दलहरुले तिर्नुपर्ने खाता छ । ऋण रकम कत्ति पनी घटेको छैन । तर पार्टि कार्यालयहरु संग बाँकी रहेको हिसाव विवरण पनि भेटिन्न । यसले अव्यवस्थित लेखाप्रणालि जनाउछ । अनियमितता र भ्रष्टाचार गरेको संका गर्ने ठाउँ दिन्छ । त्यस संगै पार्टिबाट ऋण तिर्न लगेको पैसा कता गयो पत्तो छैन । कुन नेता वा कार्यकताले कसलाई तिर्न कति रकम लगेको हो ? कुनै हिसाव कतै लेखिएको छैन । यसरी ठुला पार्टिहरु चलेको देखिन्छ । यति कमजोर व्यवस्थापनले ठुला पार्टिहरु कसरी ऋण मुक्त हुन्छन ? उनिहरुले भविश्यमा ओगट्ने सार्वजनिक पद चुस्त दुरुस्त बनाउछन ?

यो देशका क्रान्तिकारी भनिएका दलहरुले लेखा परिक्षण गराउनु पर्दैन । सामाजिक परिक्षण गराउनु पर्दैन । आएको र गएको रकम केहि व्यक्तिका दिमागमा हुन्छ । चाहिएको खर्च खल्ती बाट निश्कन्छ । कुनै बैकको खाताबाट दिदैन । त्यसको कतै लेखा जोखा गर्नुपर्दैन । अनिवार्य जसो उठ्ने लेवि, सहयोग, चन्दा आदि शिर्षकको संकलीत रकम आधिकारीक व्यक्तिको व्यक्तिगत सम्पती सरह हुन्छ । उसले चहना अनुसार परिचालन गर्छ । जसका कारण उसको कार्याकाल भित्र बाहेक अरुले थाह पाउदैन । ‘अघिको त मलाई थाह छैन’ भनेर जवाफ दिन्छ । यसले थुप्रै आशंका अविश्वास जन्माएका छन् । पार्टिको कद होच्याएको छ ।

अहिले व्यक्तिलाई विश्वास गर्ने दललाई नपत्याउने वातावरण सिर्जना भएको छ । ‘तपाईले तिर्नुहुन्छ भने भन्नुस् । पार्टिले दिने हो भनेपछि सक्दैन’ भन्ने कार्याकर्ताको पक्ती लामो हुदै गएको छ । यस्तो कठिन अबस्थामा चुनाव आएको छ । पार्टिलाई विश्वास नगर्ने वातावरण त्यसका कार्यकार्ताले गराएका हुन् । जहा हजार पाच सय रुपैयामा पनि नविक्ने राजनीतिक दलहरुको हैसियत बनेको छ । हाम्रै साथिले गरेका हुन् । मैले हल गर्नुपर्छ भन्ने जीम्मेवारी बोधको खाचो छ । मैले गरीन भनेर नेतृत्व पन्छिने र व्यवसायी मर्कामा पर्ने अबस्था पार्टि जीवनमा घातक हुन्छ ।
यसरी वदनाम, विक्रीत विश्वास गर्न नसकिने अबस्थाको बनाउने नेतृत्वहरुले के कति बुझेका छन् । थाह भएन ।

मेरो बुझाईमा ठुला व्यवसायी, पेट्रोल पम्प लगाएत ठाउँमा शक्तिशाली दलको भाउ छैन । पार्टि कहाँ विग्रयो भनेर कोट्याउनेले त्यतै गएर सोध्नु पर्छ । राजनीतिक दलहरुले पार्टिको लागि खरीदेका कुनै पनि संरचना बाकि छैनन् । व्यक्तिहरु मिलेर पार्टिको नाममा बेचि खाएका छन् । पार्टिको ऋण चुक्ता गर्ने नाममा अमुल्य सम्पती सकिएको छ । जनताका नजरमा सिधा हेर्न नसक्ने गरी खस्किाएका छन् । करोडौको कारोबार भएको छ । तर हजारका ऋण तिरीएको छैन । दलका नेता कार्यकर्ताहरु सम्पन्न छन् । तिनका दलले ऋणको भार थेगि नसक्नु छ ।

जसले राज्य विदेशी ऋण बाट चलेको छ भनेर व्याख्या गरीरहेका छन् । उनिहरुले आफ्नो दल बचतमा देखाउनु पर्दथ्यो । राष्ट्र ऋणमा चल्नुको कारण केन्द्रका नेताको बदमासी हो । सत्तामा बस्नेहरुको भ्रष्टाचारी अनियमितता हो । यसरी अरुलाई आरोप लगाउदा दल गरीव मैले गर्दा भयो भन्न सकेका छैनन् । अरुको आलोचना गर्ने, अर्ति उपदेश दिने, कसैको बिरुद्धमा मरी मेट्नेहरु आफु नाङ्गिनु हुन्न । आफु उदाहरणीय बनेर अरुलाई त्यहि नितिमा ढालेपछि मात्रै परिवर्तन हुन्छ । त्यहि विश्वास र भरोसाले चुनाव जितिन्छ । नत्र हार सुनिश्चित छ ।

बजारमा अरु दल मैले दश बर्ष अघि श्रीगाउमा भेटेको भन्दा ठुलो परिणाममा ऋणी भएको सुन्नु परेको छ । त्यसले पच्छिल्ला दलहरु उनिहरु भन्दा बढ्ता बदमासी गरेका छन् भनेर देखाउछ । उसबेला एक जनाले पख् कहिल्यै त फेला पर्लास् भन्दै थिए । अहिले धेरैले अबका दिनमा कुन मुखले माग्ने रहेछौ भन्दै छन् । कसैले मुखैमा प्वाक्क भन्ला । केहिले अरु माध्यम बाट अभिव्यक्त गर्ला । जसरी देखाएपनि सिंगो दलको छविमा प्रश्न चिन्ह खडा भएको छ । मान्छेहरु आत्मै देखि सहयोग गरेर वा अमुल्य मत दिएर कुनै पदमा जिम्मेवारी दिन ससंकित छन् ।

राजनीतिक दलहरु व्यक्ति भन्दा कमजोर भएका छन् । जसरी राज्यले कालोपत्रे सडक दिन सक्दैन । व्यक्तिहरु मार्वल टायल बिच्छाएका हरेक सुविधा सम्पन्न महल खडा गरी सक्छन् । सुविधा सम्पन्न गाडि गुडाउछन् राज्यको कच्ची सडकमा । त्यसैगरी अहिले व्यवसायीहरुको नजरमा दलहरु व्यईमान ठहरीन्छन् । ति दलका नेताहरुले मसिनो गरी केलाउन जरुरी छ । व्यवसायीको आत्म चिसीनु सुभ होईन ।

अहिले फेरी अर्को चुनावको नजिक उभिएको छु । भित्रै बाट ठोकुवा गरेर चुनाव हुन्छ भन्न त सक्दैन । किन भने अमेरीकामा जस्तो शपथ खाने दिन नेपालको संविधानमा तोकिएको छैन । त्यसरी एउटा सिष्टममा जानेगरी देशले विकास गर्न सकेको छैन । चुनावको जरुरी छ । तर नेताहरुको दिमागले जहिले त्यस सम्वन्धि काम गर्छ त्यहिल्यै हुन्छ । चार पाच जनाको भरमा छ । त्यसैले भै हाल्न पनि सक्छ । केहि समयलाई सर्न पनि बेर छैन । चुनाव अघिनै ऋण मिलान जरुर गर्नुपर्छ । पिसाव, हिसाव र निसाप बाकि राखेर अघि बढ्न सकिन्न । यो बुझ्नै पर्छ ।

चुनाव नहुदाका घाटाहरुको व्याख्या गरी साध्य छैन । भए गरेका सबैले थाहपाएका कुरा गर्दा फाल्तु गफ होला । दोहोयाउदा पनि फरक नपर्ने विषय बारेमा केहि उल्लेख गर्न जरुरी ठान्छु । व्यक्तिगत क्षमताले धान्न नसक्दै दलिय भागबण्डाले बोर्ड प्रतिनिधिको ठुलो कुर्सि दिलाएको छ । मौकाले प्राप्ती भएको जिविस, महानगर, उप महानगर नगर र गाविसका बोर्डहरुमा सहभागिता जनाउने दलहरुका केहि प्रतिनिधि टिठलाग्दा छन् । विश्वास गर्नलाएकको क्षमता छैन । चलाउन सकेका छैनन् ।

उनिहरु संग निर्णय गरेर अघि बढ्ने नैतिक साहस पनि छैन । किन कि कुनै पार्टिको बलले बोर्डमा गए आम जनता बाट अनुमोदित होईनन् । कर्मचारीले थप भत्ताको भार सकि नसकी थामेका छन् । प्रतिष्ठाको विषय बनाएर निर्णय गर्न सक्दैनन् । त्यसले विकास निर्माणको गति कमजोर बनाएको छ । नागरीकलाई गैह जिम्मेवार तेताहरुलाई भ्रष्ट पारेको छ । त्यो सबै समस्याको समाधान जननिर्वाचित प्रतिनिधि बाट मात्रै सम्भव छ । निर्वाचित हुनका लागि बा“कि बक्यौता तिरेर चुनावको तयारी गर्नुपर्छ ।