निधन काठमाडौं–सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ ।
माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको निर्देशन, सचिव वैठक र प्रचलित नियमसमेत मिचेर आर्थिक वर्षको अन्त्यमा मंगलबार १५ प्रमुख जिल्ला अधिकारीसहित ५१ जना उपसचिव सरुवा गरेपछि विवाद चुलिएको हो ।
गृहको निर्णय थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्रीसँग असन्तुष्टि व्यक्त गर्दै निर्णय तत्काल सच्याउन निर्देशन दिएका थिए ।
ओलीले मंगलबार राति नै गृहमन्त्री बस्नेतलाई फोन गरी नियमविपरीत सिडियोसहितका कर्मचारी सरुवा निर्णय तत्काल बदर गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । रातोपाटी बाट ।
