इन्द्रेणी संवाददाता
दाङ, २०, जेठ
निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा काँगे्रस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ) दाङसहित राप्तीका ४ जिल्लामा विजयी भएको छ । हिजो पहिलोपटक देशभर भएको निर्वाचनमा दाङ, सल्यान, रोल्पा र रुकुममा संघ विजयी भएको हो । दाङमा ४ सय मत प्राप्त गरी संघले विजयी हाँसिल गरेको छ ।
यसैगरी २ सय ४० मत प्राप्त गरी एमाले निकट नेपाल निजामति कर्मचारी संगठन दोस्रो, ७९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र निकट नेपाल निजामति कर्मचारी संगठन निजामति तेस्रो भएको छ । यसैगरी, नेपाल मधेशी निजामति कर्मचारी मञ्चले २३ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कुल ९ सय मतदाता रहेको दाङमा ८ सय ३२ मत खसेको थियो भने ३० मत वदर भएको थियो । यसैगरी सल्यानमा कर्मचारी युनियन संघले १ सय ३९ मत लिएर विजयी भएको छ भने कर्मचारी संगठन १ सय २४ मत लिएर दास्रो भएको छ । यसैगरी, कर्मचारी संगठन निजामतिले ३९, मधेशी कर्मचारी मञ्चले ४ र कर्मचारी मिलन केन्द्रले ३ मत प्राप्त गरेका छन । यसैगरी रोल्पामा कर्मचारी युनियन संघले १ सय ४२ विजयी भएको छ भने कर्मचारी संगठनले ९० मत लिएर दास्रो भएको छ ।
ने पाल र ाष्ट्रिय कर्मचार ी संगठन निजामती ६६ मत प्राप्त गर ी ते स्रो , मधे श ६ र मिलन के न्द्रले तीन मत पाएका थिए । यसै गर ी रुकुममा पनि कर्मचार ी युनियन (संघ) एक सय ६३ मत लिएर विजयी भएको छ । कर्मचार ी संगठन निजामतीले एक सय तीन र निजामती कर्मचार ी संगठनले ८२ मत प्राप्त गर े को छ । उता प्युठानमा भने ने पाल निजामती कर्मचार ी संगठन दुई सय चार मत प्राप्त गर ी विजयी भएको छ ।
युनियनले एक सय १८ मत प्राप्त गर े को छ । कुल चार सय तीन मतदाता र हे को प्युठानमा तीन सय ७२ मत खसे को थियो । अब सात दिनभित्र आधिर कारि क टे «ड युनियन जिल्ला कार्यसमिति गठन हुने छन् । आधिकारि क टे «ड युनियनको विधानअनुसार विजयी हुने ले अध्यक्ष, दो स्रो हुने ले उपाध्यक्ष र ते स्रो हुने ले सचिव पद पाउने छन । त्यस् तै प्राप्त मतका आधार मा सदस् य पद बाँडफाँड हुने छ ।।