तुलसीपुर, ८ चैत । राप्ती अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समितिको प्रेस सल्लाहकारमा रिर्पोटर्स क्लव अफ दाङका अध्यक्ष शरद रेग्मीलाई मनोनित गरेको छ । समितिको आज मगलवार वसेको प्रशासनिक बैठकले उनलाई प्रेस सल्लाहकारमा मनोनित गरिएको समितिका कार्यालय प्रमुख डा.लोकराज पराजुलीले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा वसेको बैठकले समितिले समयानुकुल यात्रुहरुको मागलाई मध्यनजर गर्दै सेवालाई थप प्रभावकारी र सेवामुखी बनाउदै लैजाने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले नागरिकहरुको सहजताका लागि भन्दै समितिले विभिन्न स्थानमा गुनासो तथा सुझाव पेटिका राख्ने सबैको पहुच हुने गरी नागरिक सहायता कक्ष स्थापना गर्ने र विभिन्न इन्चार्जहरुका मोवाईल नम्बरहरु सार्वजनिक गर्ने समेत निर्णय गरेको छ ।











