तुलसीपुर, ७ चैत । नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ विजौरीमा सोमवार सहईकाइ समिति गठन गरिएको छ ।
नेविसंघ ईकाई अध्यक्ष खिम प्रसाद भुषालको अध्यक्षतामा भएको भेलाले छैठौं व्याजमा गंगा चौधरीको अध्यक्षतामा सहईकाइ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा श्रेया श्रेष्ठ र अञ्जुली पौडेल, सचिवमा प्रियङ्का गिरी, सह सचिवमा रञ्जीता यादव, कोषाध्यक्षमा प्रियंका शर्मा र सदस्यमा अस्मीता वली, भावना रेग्मी, प्रज्ञा धिताल, दिपा कार्की, विन्दु पौडेल र केशव न्यौपाने चयन भएका छन् ।
भेलाले मुल ईकाइ समितिमा केशव न्यौपानेलाई थाप गरेको छ भने सदस्यहरुबाट मासिक रुपमा आर्थिक संकलन गर्ने निर्णय गरेको वैठक पछि ईकाइ अध्यक्ष खिमप्रसाद भुषालले जानकरी दिए ।