तुलसीपुर ७ चैत्र । राप्ती अंचल अस्पताल बिकास समितिका सदस्य सुवोध कुमार डागिले आज पदभार ग्रहण गर्नू भएको छ । राप्ती अंचल अस्पताल तुलसीपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि डागिलाई पदभार ग्रहण तथा स्वागत गरिएको हो । सो अवसरमा बोल्दै सदस्य डागिले अस्पतालको विकासका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
डाँगीले आफुलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर प्राप्त भएको भन्दै अस्पतालको बिकासमा खटने बताउनु भयो । साथै डाँगीले अस्पताल सवैको साझा भएको भन्दै जनतालाई सहज रुपमा सेवा दिने गरि काम गर्न स्वास्थ्यकर्मिहरुलाई आग्रह गर्नुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष बिष्णु कुमार देवकोटाको अध्यक्षतामा भएको पदभार ग्रहण कार्यक्रममा स्वागत मन्तब्य निमित्त मेसु बिनोद सिङले गर्नु भएको थियो । कार्यक्रमको संचालन अस्पतालका प्रशासकिय अधिकृत महेन्द्र शर्माले गर्नु भएको थियो । सो अवसरमा अस्पतालका कर्मचारिहरुद्धारा टिका एव खादा ओढाएर डागिलाई स्वागत समेत गरिएको थियो ।
