घोराही,चैत्र ७ । घोराही उपमहानगरपालिका सौडियार–७ स्थित सौडियार गाविसस्तरीय सामुदायिक अध्ययन केन्द्रले वडा नंम्बर ७ मा वडा कार्यालय राख्न माग सम्वन्धित पक्षसंग माग गरेको छ । अध्ययन केन्द्रको आज सोमवार सौडियारमा बसेको बैठकले घोराही उपमहानगरपालिका बनाउनेक्रममा नयाँ स्थानिय संरचना अनुसार सौडियार गाविसलाई वडा नम्बर ६ र ७ गरी दुई वटा वडामा विभाजन गरेको भन्दै वडा नम्बर ७ को वडा कार्यालय तत्काल सञ्चालन गर्न माग गरेको हो ।

अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारीको अध्यक्षता एंव सामुदायिक अध्ययन केन्द्र सञ्जाल दाङका सचिव निशानदाजु भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले ६ र ७ को वडा कार्यालय संयुक्तरुपमा ६ मा सञ्चालन गर्ने कुरा न्यायसंगत नभएको भन्दै प्रशस्त जमिनका साथै सबैको विच भागमा पर्ने साौडियारमा वडा कार्यालय राखेर सेवा सुचारु गर्नुपर्ने बताएको हो ।

स्थानिय जनताको मागलाई ख्यालमा राख्दै यथाशिघ्र वडा कार्यालय स्थापना गरेर जनतालाई सेवा प्रवाह गर्न आग्रह गर्दै हालसम्म पनि कार्यालय स्थापना नहुँदा त्यहाका सर्वसाधारणहरु मर्कामा परेका छन् । स्थानिय तहको विभाजनले सरकारी सेवालाई सजिलै नागरीककहाँ पुग्ने उदेश्यले स्थानिय तहको विभाजन गरीएको र यसको सहीरुपमा कार्यान्वयन गर्न सरोकारहरुलाई सुझावसमेत अध्ययन केन्द्रले दिएको छ ।

सो अवसरमा अध्ययन केन्द्रका सल्लाहकार केशव केसि, कार्य समिति सदस्य चन्द्रप्रशाद घिमिरे, लालमणि न्यौपाने लगायतकाले घोराही उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय वडा नम्बर ६ वाट सञ्चालन गर्न गाह्रो हुने भन्दै सबैलाई पायक पर्ने सौडियारमा राखेर सेवालाई ब्यवस्थितरुपमा सञ्चालनमा राख्नुपर्ने धारणा राख्नु भयो । बैठकको सहजिकरण अध्ययन केन्द्रकि सामाजिक परीचालिका लक्ष्मि केसीले गर्नु भएको थियो ।