इन्द्रेणी संवाददाता
दाङ, ७ चैत । निर्वाचन आयोगले चैत २ गते गरेको निर्णय खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले आज जिल्ला निर्वाचन कार्यालय दाङमा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएको छ ।

indपार्टीको केन्द्रीय निर्देशनअनुसार आयोगको जिल्ला कार्यालयमा ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष क्षेत्रबहादुर वस्नेतले बताए । सो क्रममा पार्टीका कार्यकर्ताले निर्वाचन आयोगले गरेको निर्णय खोज गर, सनातन हिन्दुराष्ट्र कायम गरलगायतका नारावाजी समेत गरेका थिए ।

सो क्रममा निर्वाचन आयोग जिल्ला कार्यालय परिषरमा आयोजना गरिएको कार्यक्रमलाई राप्रपाका केन्द्रीय सदस्य मिना स्वर्णकार, जिल्ला अध्यक्ष क्षेत्रबहादुर वस्नेत र क्षेत्रीय अध्यक्ष प्रेम शाहले सम्बोधन गरेका थिए ।