बुबाको मृत्यु, आमाले दोश्रो विहे गरेर गईन
लिलाधर ओली
दाङ, ७ चैत । दाङको धर्ना–९ भैसापथ्रा निवासी टिकाराम डाँगीलाई तत्कालिन शाही सेनाले मारेको १२ बर्ष पुरा भयो । तत्कालिन नेकपा माओवादीको दश बर्षीय जनयुद्धमा हिडेका डाँगीलाई २०६१ साल मंसिर २५ गते गाउँमै सेनाले समातेर हत्या ग¥यो । जनयुद्धमा हिडेका उनलाई घर आएको बेला गस्तिमा आएको तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरीको जत्थाले गाउँमा पक्रेर मा¥यो कान्छो छोरा ललितमान डाँगीले भन्छन् –‘साँभm घर बुबा घरमा आउनुभएको थियो, विहान म गाउँतिर जान्छु भनेर घरवाट हिड्नुभएको थियो । बुबा आफनो काममा हिडेपछि म (कान्छो छोरा) र आमा घर छाउने बन्कस काट्न वन गएका थियौँ । आउदा गाउँमा बुबालाई मारेको हल्ला चलेको रहेछ । तर मलाई शुरुमा विश्वास नै लागेन ।’
बनकस काटेर घर आएपछि गाउँमा आँए । गाउँमा भेटिने सवैले आफुलाई पहिलेको भन्दा फरक तरिकाले हेरेको अनुभव भयो । पहिले हासेर बोल्ने नै अलि गम्भिर र डराए जसरी बोल्ने गर्न थालेपछि आफुलाई शंक लाग्थ्यो । तर विश्वास नै लागेकै थिएन बुबाको हत्या भएको । बिहानको ११ बज्दैै थियो रेडियोले के भन्छ भनेर सुन्दा रेडियोको पहिलो समाचार नै धर्ना गाविसको हात्तिढुङगे जंगलमा माओवादीसँगको दोहोर भिडन्तमा माओवादीका लडाकु ज्वाला भनिने टीकाराम डाँगीको घट्नास्थलमै मृत्यु भएको भनेपछि एकछिन आफ्नो स्वासले नै बन्द भयो । घर जादा अर्कै अवस्थाले छाएको थियो ।
अरुको घरमा मान्छेहरु मर्दा रुवावासी हुन्थ्यो । मान्छे आउथे । तर एकछिन आफ्नो घरमा कोही आउनन सकेनन् ललितमान पीडा पोख्छन्–‘साहेद माओवादी भएकाले होला, समाचार सुनेको केही घण्टापछि माओवादीका एक नेता आइपुगे । उनकै नेतृत्वमा गाउँका जम्मा भएका चार÷पाँच जना भएर बन्दुक पड्किएको ठाउँतिर हेर्न जादा जंगलमा मारेर गाडेका रहेछ । शरीरमा सात गोली लागेको थियो । बुबाको काजकिरिया त परै जाओस, राम्रोसँग रुन समेत नपाउने गरेको सासुले कुरा गर्नु हुन्थ्यो जेठी बुहारी मञ्जु डाँगी बताइन् ।
बुबालाई सेनाले मारेपछि सुरुमा त छोराहरुलाई माओवादी हिड्न अनुरोध गर्दै धेरै माओवादी आएपनि जादै गएनौ । साहेद त्यही भएर होला त्यसपछि माओवादी हाम्रो घरमा आउनै छोडे । ‘घरमुली, घरको कमाउने मान्छे नभएपछि आर्थिक संकटका कारण बुबा मरेको, एक बर्ष नवित्दै जेठो छोरा शक्तिमान नेपाल प्रहरीमा भर्ना भयो’– मञ्जुले भनिन्–‘के गर्ने घरमा संकट पर्न थालेपछि, बुबालाई मारेकै प्रहरीमा छोराले जागिर खानुप¥यो ।’
बुबाको मृत्यु भएपछि आमा अम्रिका डाँगी छिन् । बुबा नभएपनि उनकै मुख हेरेर अभिभावक मानेर बसेका थियौ तर आमा पनि बुबा बितेको झण्डै पाँच बर्षपछि दोश्रो विवाह गरेर अन्तै गइन् । ‘बाबु मर्दा खस्न नपाएको आशु त्यही दिन खस्यो’ कान्छो छोरा ललितमान बताउछन् –‘घरको अभिभावले छोड्दा घर नै सुनसान जस्तो लाग्यो,साच्चिकै टुहुरो भएको महसुश लाग्न थाल्यो ।’ त्यसपछिका चाडपर्वहरु सुनसान हुँदै गए । घर नै सुनसान जस्तो लाग्न थाल्यो ।
जनयुद्धमा मरेकालाई सात लाख रुपैयाँ दिने रे भन्ने हल्ला थियो । तर, सरकारले दुई लाख रुपैयाँ मात्र दिएको छ । केही संघसस्थाले सुरुमा खाद्यन्न सहयोग गरेका थिए तर अहिले छैन । ‘आमाले दोश्रो विवाह नगर्दासम्म अघिपछि नआउने माओवादीहरु फागुन १ बोलाएर बर्षमा एक दिनसम्म सम्मान गर्थे’– उनले भने–‘तर त्यसपछि तँ त्यो पनि हरायो । अहिले त सम्मान त परै जाओस बोल्न समेत कोही बल्दैन्न् ।’ अरु बेला खास्सै सम्झाना नआएपनि चाडपर्वको समयमा बुबा आमाको सम्झना आउदा,उहाँहरु नहुदा घर नै सुनसान भए जस्तो लाग्ने गरेको छ । घर सुनसान, मनमा पीडा भए पनि यी सबैलाई थाति राखेर आफन्तहरु जी रहेका छन् । जीउन वाध्य छन् ।
