चैत ३ , सुर्खेत । पर्यटन प्रर्वद्धनका निजी क्षेत्रको लगानी बढाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दियका छ्न । नेपाल पर्यटन पत्रकार संघ सुर्खेतको प्रथम अधिवेशनमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
अधिवेशनको उद्घघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्माले पर्यटकिय क्षेत्रलाई चिनाउनका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने भन्दै पर्यटन पत्रकार संघ सुर्खेत समग्र ६ नम्बर प्रदेशलाई नै समृद बनाउनका लागि लाग्नुपर्ने बताएका छन् । शर्माले पर्यटन क्षेत्रलाई बिट बनायर पत्रकारीता गर्नु मोफसलको सन्र्दभमा एक नयाँ विषय भएको भन्दै यस बिचमा आउने चुनौतीलाई सामना गरेर काम गर्नका लागि सुर्खेत शाखालाई सुझाव दिएका छन् ।
उनले सुर्खेतमा पर्यटन जस्तै शिक्षा, कृषि, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि समेट्ने गरी पत्रकारका संघसंगठनहरु निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिती सुर्खेतका स्थानीय विकास अधिकारी अमृतकुमार लम्सालले पर्यटन प्रवद्र्धधनका लागि पर्यटन पत्रकार संघले मार्गदशकको भुमिका खेल्नुपर्ने बताएका छन् । पत्रकारले पनि नेपालका पर्यटकिय क्षेत्रहरुको अवलोकन गरी जिल्लाको पर्यटकिय क्षेत्रको प्रचार प्रचार गर्नुपर्ने बताएका थिए । लम्सालले आफ्नो तर्फबाट पर्यटन पत्रकार संघलाई आफ्नो तर्फबाट सहयोग गर्ने भन्दै पत्रकारीतामा नयाँ अवधारणाको सुरुवाती भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
अधिबेशनमा बोल्दै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पर्यटनका मुद्दाहरुलाई लियर पर्यटनका माध्यमबाट सुर्खेतलाई उचाई मा पुर्याउनु पर्नेमा जोड दिय ।
यस्तै सुर्खेत उधोग वाणिज्य संघ अन्र्तगत पर्यटन प्रवद्र्धन समिति सुर्खेतका अध्यक्ष हरी बिस्टले पर्यटकिय क्षेत्रको विकासका लागि सरकारी क्षेत्रले मात्रै नभई निजी क्षेत्रलाई दिनुपर्नेमा बताएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका जितबहादुर रानाले पर्यटकिय विकासका लागि गुरुयोजना बनाउँदा नै पर्यटन पत्रकार संघले भुमिका खेल्नुपर्ने बताएका छन् ।
यस्तै प्रेस युनियन सुर्खेतका सचिव गणेश कार्कीले पर्यटनका नाममा आउने विभिन्न निकायका बजेटलाई पनि व्यवस्थीत तवरले परिचालन गर्नमा यस पर्यटन पत्रकार संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।
नेपाल पर्यटन पत्रकार संघ सुर्खेतको प्रथम अधिवेशनले सविता जिसीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा कार्य समित निर्वाचित गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मानबहादुर वली, महिला उपाध्यक्षमा ललिता एरी, सचिव यशकुमार चपाई, सहसचिव यज्ञ खत्री, कोषाध्यक्ष राम वि शाम निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा खेमराज वली, डिलप्रसाद शर्मा, नरजन ताामाङ, डिलु रावत रहेका छन् । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिले शाखा गठन अधिवेशनका लागि दिएको निर्देशन अनुसार सुर्खेतमा पर्यटन पत्रकार संघ तदर्थ समितिको रुपमा रहेको थियो । अधिवेशन नेपाल पर्यटन पत्रकार संघ सुर्खेतका अध्यक्ष सविता जिसीको अध्यक्षतामा सम्पन्न भयको हो ।
