दाङ, २९ फागुण । शान्ति निकेतनबाट एस.एल.सी. परीक्षा दिन लागेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शान्ति निकेतन जुनियर रेडक्रस सर्कलले आइतबार एक कार्यक्रमको आयोजना गरी एस.एल.सी. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको हो ।

17240619_1881089898823146_1718053492594922246_oसर्कलका उपाध्यक्ष अजित बस्नेतको अध्यक्षता एवं शान्ति निकेतन विद्यालय एजुकेशन प्रालिका प्रबन्ध निर्देशक सुनिल गौतमको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले समयको माग अनुसार विद्यालयको नीति परिवर्तन गरेको बताए । परम्परागत शैलीबाट शिक्षण गर्दा सिकाई दीर्घकालिन नहुने भन्दै प्रमुख अतिथि गौतमले शान्ति निकेतन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिएको बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले विद्यालयलाई बालमैत्री विद्यालय बनाउने अभियान सुरु गरेको बताउनुभयो । सिकाईलाई प्रभावकारी बनाउन पहिलो चरणमा लठ्ठीमुक्त विद्यालय बनाइसकेको भन्दै प्रिन्सिपल पौडेलले २०७४ सालभित्र विद्यालयलाई बालमैत्री घोषणा गर्ने बताए ।

सर्कलका सदस्य सतिष पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको विदाई कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीका बस्नेत, शिक्षक ज्ञानु महरा, सन्देश केसी, विद्यार्थी सुरज भण्डारी, निलिमा श्रेष्ठ, सिजल प्नलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सर्कलका शिक्षक नायक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।