माधव बेल्वासे
कपिलवस्तु , २९ फागुन । कपिलवस्तु शिवराज नगरपालिका १ तिनडिले भन्ने ठाउमा (दोवाटो नजिकै) रहेको एक गोठमा आगलागी हुदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन । मृत्यु हुनेमा अर्घाखाचि सिद्धारा गाविश ६ वस्ने सिता कुमाल का १० वर्षिय छोरा सन्दिप क्षेत्रि र वरमान पुनका ११ वर्षिय छोरा विक्रम पुन रहेका छन ।

घाइते १३ वर्षय वालिका सरस्वति रोका को मुख र खुट्टाको केहि भाग जलेको छ । आइतवार राति १२ वजेको समयमा गोठमा आगो सल्किएको थियो ।४ जना सगै सुतिरहेको वेला आगो लागेपछि एक वालिका भने सकुशल भाग्न सफल भएकि छिन । आगो लागेको एक घण्टा पछि घटना स्थलमा प्रहरि पुगेको थियो ।
राति आगो राम्रो सग ननिभएका कारण आगो लागेको हुनसक्ने प्रहरिको अनुमान रहको छ । थप अनुसन्धान र शवलाई पोष्टमार्टको लागि वहादुरगन्ज शिवराज अस्पतालमा लगिएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभएको छ ।
