इन्द्रेणी संवाददाता
दाङ , २९ फागुन । लामो समयको अभ्यासपछि स्थानीय तह पुर्नसंरचनाको नयाँ खाका आए संगै दाङमा त्यसलाई कार्यान्वयनमा ल्याइएको छ । दाङमा यसअघि रहेका ३१ गाबिस र ४ नगरपालिका मध्ये हाल ७ गाँउपालिका १ नगरपालिका र २ उपमहानगरपालिका स्थापना गरिएका छन । जिल्लामा यसअघिका घोराही र तुलसीपुर नगरपालीका केही गाबिस गाभिएर उपमहानगरपालिका विस्तार भएका छन भने यसअघिको लमही नगरपालिका साबिक बमोजिम नै रहेको छ ।
जिल्ला विकास समितिले आफनो बोर्ड फेरेर जिल्ला समन्वय समिति नामाकरण गरेको छ ।यस्तै आईतबार बिहान जिल्लामा क्रियाशील राजनैतिक दल , स्थानिय तहका कर्मचारी लगायत सरोकारवालाको संयुक्त बैठक बसी आगामी संरचना र जिम्मेवारी बाँडफाडका विषयमा छलफल गरिएको छ । ‘ संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको निर्देशन बमोजीम जनशक्ति तथा स्रोत साधन व्यवस्थापनमा खटिएका छौं । दाङका स्थानिय विकास अधिकारी कुल बहादुर जिसीले भने ।’ सबै कुरा प्रष्ट नभईसकेपनि सकेसम्म गुणस्तरीय व्यवस्थापनमा लागिपरेका छौं ।
तर आईतवार देखी लागु हुने गरी जारी गरिएको स्थानिय तह पुर्न संरचना तत्काल लागु भए पनि जिल्लाको विकास निर्माण भने आगामी आषाढ सम्म पुरानै संरचनाको आधारमा गरिने भएको छ ।
जिल्ला विकास समिति ( जिल्ला समन्वय समिति ) दाङका अनुसार जिल्लाका विकास निर्माणका कार्यहरु गाँउ विकास समिति , नगर पालिकाका र जिल्ला विकास समितिका नाममा अख्तियार र सम्झौता भईसकेकाले आगामी आषाढ सम्ममा जिल्लाको विकास निर्माण कार्य पुरानै संरचनाको आधारमा गरिने नितिगत व्यावस्था भएको स्थानिय विकास अधिकारी जिसीले जानकारी दिए ।
गाभिएर नगरपालिका र उपमहानगरपालिका गाबिस र वर्डाको हकमा भने कानुनि अधिकार नयाँ संरचनामा भएतापनि योजना फरफारक गर्ने जिम्मेवारी सम्बन्धित गाबिस र वडामा नै हुने जिसीले जानकारी दिए ।
त्यस्तै आइतबार बिहान बसेको जिल्ला समन्वय समितिको बैठकले स्थानिय तहका लागि कर्मचारीहरुको कार्यविभाजन गरेको छ । जसअनुसार गाँउपालिकाको हकमा नायब सुब्बाहरुलाई अन्तरिम कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको छ । राप्ती गाउँपालिकामा मङल चौधरी, गढवा गाँउपालिकामा बुद्धिराम चौधरी, राजपुर गाँउपालिकामा मेघशिङ पछाई , लमही नगरपालिकामा ललित बहादुर थापा मगर , बङलाचुली गाँउपालिकामा केशवराज थापा, घोराही उपमहानगरपालिकामा कृष्ण प्रसाद सापकोटा , तुलसीपुर उपमहानगरपालिकामा टोपेन्द्र , दंगिसरण गाँउपालिकामा नरेन्द्रराज शर्मा, शान्तिनगर गाँउपालिकामा विष्णु बहादुर थापा र बबई गाँउपालिकामा प्रमुखको जिम्मेवारी चन्द्र कुमार डाँगीलाई दिइएको छ ।
