केशरमान बिसी
दाङ २९ फाल्गुन , बर्षौं देखि भोगचलन गर्दै आएको सरकारी अस्पतालको जग्गा आइएनएफ नामक गैर सरकारी संस्थाले आज एक कार्यक्रम गरि फिर्ता गरेकोछ । दाङ घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालको जग्गामा गैरसरकारी संस्था आईएनएफ दाङ शाखाले बिगत ४४ वर्ष यता कब्जा जमाउदै आएको थियो ।
सरकारी अस्पतालको जग्गा भोगचलन गर्न पाउने भन्ने बारे कुनैपनि सम्झौतापत्र वा भोगचलन गर्ने समय उल्लेख भएको कुनै प्रमाण वा सम्झौता बिना लगातार अड्डा जमाउदै आएको आईएनएफले “एनजीओको कब्जामा सरकारी अस्पतालको जग्गा” शिर्षकमा इन्द्रेणी अनलाइन , एबिसी टेलिभिजन तथा नयाँ पत्रीका राष्ट्रिय दैनिकमा समाचार प्रकासन प्रशारण भएपछी अन्तत भवन खाली गर्न बाध्य भएकोछ ।
तीन सय शैयाको उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि अस्पताल रहेको स्थान साघुरो भएको महसुस गरि अस्पताल विकास समीतीले गत साउन १७ गते बैठक बसी अस्पतालको सेवासुविधा विस्तार एवं प्रशासनीक भवनको व्यवस्थापनका लागी उक्त कब्जा जग्गा फिर्ता गराउन पहल गर्ने निर्णय गरेको थियो ।
जसअनुसार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले गत साउन २५ गते आईएनएफलाई उसले भोगचलन गर्दे आएको जग्गा खाली गरिदिन आग्रह सहितको पत्र स्वास्थय मन्त्रालय एवं आईएनएफलाई पठाएका थिए । तर आईएनएफ एवं स्वास्थय मन्त्रालय दुबैका तर्फबाट त्यसको कुनैपनि जवाफ आएको थिएन ।
अन्तत अस्पताल लाइ समस्या परेको महसुस गरि स्थानिय तथा केन्द्रीय मिडियामा समाचार प्रकाशन- प्रसारण तथा स्थानीयको दवाफमा आइएनएफले अस्पतालको जग्गा फिर्ता गरेको हो ।
जग्गा फिर्ता संगै अस्पताल लाइ दैनिक कामकाज संचालनमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले बताउदै सकुसल तथा सौहार्दपूर्ण बाताबरणमा भवन सहित जग्गा खाली गरेकोमा आइएन एफ दाङ लाइ धन्यवाद दिए ।
हेर्नुहोस पहिले प्रकाशन भएको समाचार
http://indrenionline.com/2016/10/18/16643/
