काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ।
फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ।
मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उहाँको भनाइ छ।
राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरूका पर्वको रूपमा मनाइने नेपालीहरूको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पु¥याएको बताउनुभएको छ।
होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ।
पहाड तथा तराई–मधेशमा भव्यताका साथ मनाइने यस पर्वले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सन्देश पनि दिएको उल्लेख गर्नुभएको छ।
उहाँले नेपालीमा रहेको अविश्वास हटाउँदै २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको छ। फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ।
प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गर्नुभएको छ।
विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न
पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उहाँले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताउनुभएको छ।
फागुपुर्णिमा होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। गोरखापत्रबाट
