दाङ २९ फाल्गुन । होलीमा अमर्यादित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने दाङ प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार एक प्रस बिज्ञप्ति जारी गरि होलीलाई मर्यादित बनाउन सबैलाई आग्रह पनि गरेको छ ।

holiiदाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जारी गरेको बिज्ञप्तिमा होली मनाउने नाममा जवरजस्ती लोला हान्ने, रंग दल्ने, मादक पदार्थ खाएर सवारी साधन चलाउने, होहल्ला गर्ने, कुटपिटमा संलग्न हुनेलाई कारबाही गर्ने उल्लेख छ । यसबर्ष पहाडी क्षेत्रमा आईतबार र तराईमा सोमबार होली मनाईदै छ ।