तुलसीपुर ।  सरकार र राजनीतिक दलका नेताहरुले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सरोकारवाला व्यवसायीले गुनासो गरेका छन् । यातायात क्षेत्रका समस्याप्रति पटकपटक लिखित र मौखिक जानकारी गराउँदा पनि सरकारले यस बिषयमा कुनै चासो नदिएकाले यातायात व्यवसायीले समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।

शनिबार आयोजित राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यबसायी समिति दाङको १५ औ साधारण सभा तथा शाखा कार्यालय तुलसीपुरको नबनिर्मित भवन उदघाटन कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । समितिका अध्यक्ष यादब शाहको अध्यक्षता तथा नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष अर्जुन रानाभाटको प्रमुख आतिथ्य एबं बरिष्ट उपाध्यक्ष हिरालाल श्रेष्ठ र यातायात व्यबस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले नेपाली ट्रक ब्यवसायीहरुले सरकारले निर्धारण गरेको भाडासमेत लिन नपाईरहेको अवस्थामा निर्वाध रुपमा सञ्चालन भैरहेका ओभरलोड भारतीय ट्रकहरुलाई रोक्नु पर्ने माग गरे । उनीहरुले सडक दुर्घटना न्यूनीकरणका लागि सबै व्यवसायी संघसंस्थाहरु एकतावद्व भएर लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्यालाई निराकरण गर्न छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने आवश्यक्ता औंल्याए । सरकारले यातायात क्षेत्रका समस्याहरुलाई पहिचान गर्न नसकेकाले छुट्टै यातायात मन्त्रालय गठन गरेर समाधानका उपायहरु खोज्न जरुरी रहेको उनले बताए । अध्यक्ष रानाभाटले नीजि क्षेत्रको लगानीबाट चलेको यातायात क्षेत्रका समस्यालाई समाधान नगरेसम्म सहज रुपमा देश चल्न नसक्ने दावी गरे । उनले भारतीय ट्रकसंग प्रतिष्प्रधा गर्न नसकिने बताउंदै निर्वाध रुपमा ओभरलोड बोकेर आउने ट्रकलाई सरकारले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे । प्रशासनिक सचिब उमेशचन्द्र मजगैयाँले संगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यबसायी राष्ट्रिय महासंघ महासचिब राजेन्द्र प्रशाद श्रेष्ठ, मध्यपश्चिमाञ्चल उपाध्यक्ष कृष्णा थपलिया, यातायात ब्यबसायी राष्ट्रिय उपमहासचिब शुरेस हमाल, ट्रक ब्यबसायीक केन्द्रीय सदस्य लोकराज पोख्रेल, सल्यान जिल्लाका पुर्ब जिबिस सभापति युवराज पुरी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, बालगंगा यातायात ब्यबसायी समितिका अध्यक्ष बिष्णु खनाल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, बिजौरी उद्योग बाणिज्य संघका महासचिब बिरेन्द्र खड्का, अखिल नेपाल यातायात मज्दुर संघ केन्द्रीय उपमहासचिब भरत भट्टराई, जिल्ला ट्रेक्टर व्यबसायी समितिका महासचिब दोर्ण देवकोटा, नेपाल यातायात कर्मचारी महासंघका केन्द्रीय सदस्य सञ्जिव बाबु काफ्ले, रिपोर्टर्स क्लब दाङका सचिब बिमल गौतम, नेपाल मज्दुर संघ दाङका अध्यक्ष मदन वली, ट्रक ब्यबसायी हरि प्रशाद पोख्रेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थियो ।

साथै तुलसीपुरमा निर्माण गरिएको ट्रक व्यबसायी समितिको शाखा कार्यालयको भवन पनि उद्घाटन गरिएको छ । प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष अर्जुन रानाभाटले उदघाटन गरेका हुन् ।

त्यस अबशरमा यातायात क्षेत्रमा योग्दान पु¥याएको भन्दै पत्रकार शुनिल पोख्रेल र खेमराज रिजाललाई सम्मान गरेको छ । साथै ट्रक चालक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । समितिका बरिष्ट उपाध्यक्ष भेष बहादुर बुढाथोकीले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण प्रशासनिक सचिब उमेशचन्द्र मज्गैयाले गरेका थिए ।