दाङ, २८ फागुन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा वल (एसएसबी)ले गोली हानी एक नेपानीको हत्या गरेको विरोधमा आज शनिवार विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारीका साधन चल्न सकेका छैनन् । भने व्यापार व्यवसाय पनि बन्द छन् । बन्दका कारण अन्य क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ ।
यसैबीच बन्दकर्ताहरुले आज विहान दाङको कालाखोलामा एक भारतीय नम्बर प्लेटको गाडीमा आगजनी गरेका छन् । फलफुल बोकेर तुलसीपुरबाट घोराहीतर्फ आउदै गरेको युपी ४०–४४२४ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
