विपेन / दिलबहादुर घर्तीको घरमा बुवा,आमा, श्रीमती, दुई छोरा, भाइ बुहारी छन् । दिलबहादुर मलेसिया प्रवेश गरेको पनि आठ बर्ष भयो । उमेरले अहिले ३७ बर्ष पुगेका दिलबहादुर २९ बर्षको उमेरमा मलेसिया छिरेका थिए । यतिका बर्षसम्म पनि श्रीनान् पर्खाइमा रहेकी उनकी श्रीमती भिमला घर्ती हराएका पतिको बियोगान्त सम्झनामा दिन रात रुन्छिन ।

17198588_1373308126065856_1454287621_nपति सकुशल भएको भए कतै सम्पर्कमा आएर अझै घर फर्किन्छन कि भन्ने आशा भिमलालाई अझै छ । अझै पनि श्रीमानको पर्खाईमा रहेकी भिमला भन्छिन मलेसियामा त थुप्रै नेपाली छन सबैले आफ्नोे ठाउबाट खोजि गरिदिए मेरो खुसि फर्किन सक्थ्यो, भन्दै आफ्नो श्रीमानको खोजिको लागि सबै नेपालीलाई आग्रह गरेकि छिन ।
रोजगारिको लागि मलेसिया आएका रोल्पा गजुल ७ क्वालिगाउँका प्राबाङ्गका दिलबहादुर करिब ७ बर्षदेखि सम्पर्क बिहिन छन ।

घर्ती २०६५ सालमा काठमाडौको एक्का मेनपावर बाट मलेसियामाको जोहोर बारु राज्यमा बैदेशिक रोजगारिको लागि आएका थिए । मलेसिया आएको एक बर्ष सम्म परिवारसंग नियमित सम्पर्कमा रहेका घर्ती २०६६ सालदेखि सम्पर्क बिहिन भएका हुन ।

उनका सहोर्द भाइ शुकबहादुर घर्ती यतिबेला मलेसियामा छन । दाजुको खोजी गर्ने र घर खर्चि चलाउने सोचले भाइ सुकबहादुर मलेसियाको जोहोरबारुको एक कम्पनीमा आएका छन । दिलबहादुरका गाउँले साथी तथा समाज सेबी दिपक संघर्षले यतिबेला दिलबहादुर खोजि अभियान थालेका छन ।

अभियानकर्ता दिपक सङघर्ष भन्छन यदि कसैलाइ त्यस्तो खाल्को ब्यक्ति भएको संका लागेमा वा थाहा भएमा तलको नम्बरमा सम्पर्क गर्न आग्रह गरेकी छिन ।
सम्पर्क ब्यक्तिरु

दिपक संघर्ष केलाङ्ग +60163025645

शुक बहादुर घर्ती भाइ +60102460785

लुकनेपाल