दाङ २७ फाल्गुन । नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ,,बैठकले बर्दियामा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ, संघले जेष्ठको अन्तिम सातामा बर्दियामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो, केन्द्रीय अध्यक्ष धनिराम शर्मा ( ऋतुविचार ) संयोजकमा केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरु भेला आयोजक मुल समितिका संदस्य रहने भएका छन, जिल्ला शाखा अध्यक्ष सहित एक महिला रहने गरि भेला प्रतिनिधी रहने छन् भने भेलाको व्यवस्थापन गर्न जिल्ला शाखा बर्दियालाई जिम्मेवारी दिइएको छ । भेलाले संघको नीति तथा कार्यक्रमहरुको तय गर्नेछ भने केन्द्रिय कार्यसमिति समेत बिस्तार हुने छ।

बैठकले तालिम प्रतिष्ठान तथा तालिम पाठ्यक्रम निर्माण गर्न केन्द्रीय उपाध्यक्ष सन्तोष दहितको संयोजकत्वमा महासचिव सचिव ,कोषाध्य र विज्ञसहितको तालिम विभाग गठन गर्ने भएको छ, विभागले पर्यनट पत्रकारिताको पाठ्क्रयम निर्माण गर्नेछ, विभागले छिट्टै विज्ञहरुसहितको बसाईमा पाठ्यक्रम निर्माण गरि केन्द्रीय समितिमा पेश गर्ने भएको छ , त्यसैगरि महासचिव केशरमान विसीको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन तथा कार्य संचालन निर्देशिका उपसमिति गठन भएको छ, संगठन बिभाग तथा प्रकाशन प्रशारण विभाग प्रमुख समेत रहेका महासचिव केशरमान बिसीको उपसमितिले १५ दिन भित्र संशोधन तथा निर्देशिकाको खाका केन्द्रीय समितिमा पेश गर्ने छ ।

पत्रकार महासंघ पूर्व केन्द्रीय उपाध्यक्ष तथा संघका केन्द्रीय सल्लाहकार विपुल पोख्रेलको उपस्थितिमा रहेको बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष धनिराम शर्मा ( ऋतुविचार ) को अध्यक्षतामा भएको थियो भने संचालन केन्द्रीय सचिव लिलाधर वलीले गर्नु भएको थियो । केन्द्रीय कार्यालय घोराहीमा भएको बैठकले गत माघमा संचालित दुइ दिने पर्यटन पत्रकारिता तालिमको समिक्षा गर्दै आर्थिक सहयोग गर्ने नेपाल पर्यटन बोर्ड भृकुटीमण्ड काठमाण्डौ र तालिमको सहजीकरण गर्ने सबै जिल्ला शाखा अध्यक्ष तथा कार्यसमितिलाई धन्यवाद व्यक्त गरेको छ, संघको जिल्ला बिस्तार अन्तरगत आगामी चैत्र २ गते सुर्खेत, ३ गते जाजरकोट र ४ गते रुकुम जिल्ला अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।