काठमाडौं, २५ फागुन । सोमवार सप्तरी घटनापछि मेची–महाकाली अभियान केही दिनको लागि स्थगित गरेको नेकपा एमालेले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

uml-officeएमालेको आज मुख्यालयमा वसेको सचिवालयको बैठकले सप्तरी घटनाबारे जानकारी गराउन देशभर आमसभा गर्ने निर्णय गरेको छ । आमसभाको मिति भने पार्टीको जिल्ला कमिटीले नै तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

काठमाडौंको रामशाह पथस्थित युगम्बर पार्टी प्यालेसमा फागुन २६ दिउँसो २ बजे बृहत भेला आयोजना गरेको छ । सो भेलामा शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपबारे भेलामा जानकारी गराइने भएको बताइएको छ ।

त्यसैगरी तीन दिनका लागि स्थगित भएको मेची–महाकाली अभियान हेटौडाबाट २७ फागुनबाट शुरु हुने उक्त अभियान पूर्ववत तालिकाअनुसार नै चल्ने बताइएको छ ।

एमालेले २ नम्बर स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने र प्रदेशका जिल्ला स्तरीय सभाहरु आयोजना गरिने एमालेले जनाएको छ । भेलाको कार्यतालिका भने त्यहाँको नेतृत्वसँग समन्वय गरेर तय हुने छ । बैठकबाट एमालेले २ नम्बर प्रदेशमा आफ्ना कार्यकर्ताहरुमा भइरहेको अमानवीय व्यवहार तत्काल रोक्न चेतावनी दिएको छ ।