राजविराज, २५ फागुन । सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या चार पुस्वास्गेको थियो । गोली लागेर गम्भीर घाइते भएका धरानका विरेन्द्र महतोको उपचारका क्रममा ज्यान गएपछि मर्नेको संख्या चार पुगको हो । महतोको धरानस्थित विपि कोइराला स्वस्थ्य प्रतिष्ठानमा उपचारका क्रममा बुधवार विहान ज्यान गएको बताइएको छ ।
फोटो फाइल
यता प्रहरीको गोली लागेर मधेसी मोर्चा समर्थकको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द गरेको छ । बन्दले सप्तरीको जनजीवन आज पनि प्रभावित भएको छ ।
बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ। मधेसी मोर्चा कार्यकर्ताहरुले आज पनि बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराउँदै हिंडेका छन् ।
मोर्चाको बन्दसँगै त्यहाँको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । राजमार्गमा अलपत्र परेका गाडीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ पठाएको छ ।