दाङ २३ फाल्गुन । आज सप्तरीको राजविराजमा भएको घटनाको कारण देखाउदै एमाले ले आफ्नो मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेकोछ । एमालेले कञ्चनपुरमा गर्ने तय गरिएको बिशाल जनसभा स्थगित गरेको खबर छ ।

uml-programmeएमालेले सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय आधारभूत विद्यालयमा साँझ जनसभासँगै साँस्कृति कार्यक्रम गर्ने कार्यक्रम थियो तर राजविराजमा भएको घटनाको कारण कार्यक्रम रद्द गरिएको एमाले श्रोतले जनाएको छ ।

तराई मधेश अभियानको बाँकी कार्यक्रमलाई के गर्ने विषयमा कञ्चनपुर नागरपालिकास्थित सशस्त्र प्रहरी क्याम्पमा एमालेको बैठक बसेको थियो ।

यसैबीच, एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको अभियानको कार्यक्रम स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।