बाँके, २३ फागुन । बाँकेको पार्वतीपुरमा आज दिउसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

downloadनेपालगञ्ज–कोहलपुर सडकखण्ड अन्तर्गत पार्वतीपुरमा बा १२ च २०७२ नम्बरको जीप दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका १ का ४० बर्षिय मोहम्मद शकील हल्वाईको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा घाईते भएका दुई जनाको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।