सप्तरी, २३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा गर्न लागेको एमाले आमसभाको अवरोधमा उत्रिएका संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सभास्थल (बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र) नजिकै झडप भएको हो । सप्तरीको राजबिराजमा गर्ने तय भएको पूर्व निर्धारित कार्यक्रम औद्योगिक क्षेत्रमा सारेर सभा गरेको एमालेको कार्यक्रम विथोल्न खोज्दा मोर्चा र प्रहरीबीच झडप भएको हो । झडपमा परी सद्भावना पार्टी केन्द्रीय सदस्य भीमराज यादव घाइते भएका छन् ।
कालो झण्डा लिएर विरोधमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि केहीबर स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सभास्थल वरपर ठूलो (एक हजार ६ सय वढी) संख्यामा प्रहरी परिचालन गरिएको छ ।
