घोराही, २३ फागुन । जिल्ला भूमिसुधार कार्यालय आफ्नै भवन नहुँदा एउटै कक्षबाट दुईवटा सेवा दिनुपर्ने वाध्यता रहेको छ ।
कार्यालयको आफ्नै भवन नहुँदा भूमिसुधार कार्यालयमा आउने सेवाग्राहीहरुलाई विगत नौ वर्षदेखि एउटै कक्षबाट सेवा दिनुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ ।
कार्यालयको आफ्नै भवन नहुँदा विगत नौ वर्षदेखि भाडामा वस्दै आएको छ । उक्त कार्यालय एउटै कक्षाबाट भूमिसुधारसँष् सुकुम्वासी, भूमिहिनहरुको काम गर्नुपर्ने वाध्यता रहेको कार्यालयले जनाएको छ ।
सेवाग्राहीहरुको चापसँगै कार्यालयमा कागजात व्यवस्थित गर्न गाह्रो हुने गरेको कार्यालयका प्रमुख टीकाराम ढकालले बताए । नयाँ यु्गबोधबाट
