इन्द्रेणी संवाददाता
दाङ ,२१ फागुन । पार्किङ गरिराखिएको बसमा आगलागी हुदा दाङमा एक जनाको ज्यान गएको छ ।
दाङ घोराही निवासी लक्ष्मण डाँगीको ना ३ ख ९०२२ नम्बरको यात्रुबहाक बसमा आगलागी हुदा अन्दाजी ३० बर्षिय युवकको ज्यान गएको हो ।
बसमा आगलागी के कस्तो कारणले भएको हो भन्ने कुरा पुष्टि हुन नसकेपनी गाडी भित्र सुतिरहेको युवकले चुरोट वा अन्य कुनै आगोजन्य पदार्थ सेवन गर्दा आगो सल्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
रातको करिब २ बजे तिर आगलागी भएको थाहा पाएपछि अस्थायी प्रहरी पोस्ट बसपार्कको टोली घटनास्थल पुगेर आगो निभाएको अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज नबराज भन्डारीले जानकारी दिए ।
गाडिमा मृत्यु हुने युवक सम्बन्धित गाडिको स्टाप नभएको र मृतकको सनाखत हुन बाँकी रहेको इन्चार्ज भन्डारीको भनाइ छ ।
